सवारी दुर्घटनामा एकको मृत्यु

1.3K

सवारी दुर्घटनामा एकको मृत्यु

बुटवल, १५ भदौ । बुटवलको मिलनचोकमा भारतीय ट्रकको ठक्करबाट २७ वर्षीय युवाको ज्यान गएको छ । भारतीय नम्बर प्लेट एम. एच. ०४ ई. बि. ५३७६ नम्बरको ट्रकको ठक्करबाट पाल्पा तानसेनका २७ बर्षिय रुकवहादुर थापाको मृत्यु भएको हो ।

बुटवल देखि भैरहवा तर्फ जाने क्रममा थापा सवार वा ६४ प ६३८४ नम्बरको मोटरसाइकललाई लु १ ख ९८७२ नम्बरको ट्रकले ठक्कर दिएपछि सोहि दिशाबाट आएको भारतीय नम्बर प्लेटको ट्रकले किचेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भिर घाईते थापाको उपचारको क्रमममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो । ठक्करदिने उक्त ट्रक र चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा राखेको छ ।