बुटवलमा कस्मेटिक्स उद्योग सञ्चालनको तयारी

440

बुटवलमा कस्मेटिक्स उद्योग सञ्चालनको तयारी

बुटवल, २३ भदौ । बुटवलका युवा उद्यमीहरुले नेपालमै कस्मेटिक्स्को सामान उत्पादन गर्नेगरी वेष्ट कस्मेटिक्स् उद्योग सञ्चालन गर्ने तयारी गरेका छन् ।

कस्मेटिक्स् सामानको आयात प्रतिस्थापन गर्नकालागि युवा उद्यमीहरु शान्ति शर्मा, सेराज मियाँ, राजु गैरे र विनायक कसौधन चार जनाले २० लाखको लागानीमा कस्मेटिक्स् उद्योग स्थापना गरि सञ्चालन गर्ने तयारी गरेको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।
हालसम्म उक्त उद्योग मार्फत बाहिरबाट आयात गरिएको कस्मेटिक्स सामानलाई प्याकेजिङ् तथा लेवलिङ् गरि विक्रि वितरण गर्दै आएका थिए । अव उक्त उद्योगले नेपालमै हेयर केयर सम्बन्धि हेयर स्ट्रेट, हेयर ट्रिटमेन्ट, हेयर सिरम, चायाँ हटाउने स्किन क्रिम, गुलाफ जल र वेवी पेपर उत्पादन गरिने सञ्चालक शान्ति शर्माले बताउनु भयो ।

उद्योगमा हालसम्म २५ जनाले रोजगारी पाएको र अव उद्योग सञ्चालन भएपछि थप युवालाई रोजगारी प्रदान गरिने सञ्चालक सेराज मियाँले जानकारी दिनुभयो । उक्त कम्पनीले आफ्नो उत्पादनको प्रचारकालागि यहि भदौ २६ गते बुटवलमा व्युटि सेमिनार सञ्चालन गर्ने तयारी गरेको छ ।

उक्त सेमिनारमा यस क्षेत्रका करिव ६ सय व्यूटिसियनहरु सहभागि हुने र उनीहरुलाई हेयर स्ट्रेट, स्टाईल, स्किन सम्बन्धि प्रशिक्षण गरिने छ भने बजारमा रहेका कस्मेटिक्स सामानहरु सहि प्रयोग सम्बन्धि ज्ञान दिईने अर्का सञ्चालक राजु गैरेले जानकारी दिनुभयो ।