अवैध ६ लाख भारतीय रुपैयाँ सहित गाडी चालक पक्राउ

1.3K

अवैध ६ लाख भारतीय रुपैयाँ सहित गाडी चालक पक्राउ

कपिलबस्तु, २ असोज । अवैध रुपमा भारतीय रुपैयाँको कारोवार गर्ने कपिलवस्तुका एक गाडी चालक ६ लाख भारतीय रुपैयाँ सहित पक्राउ परेका छन ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय सलिम मियाँले अवैध रुपमा झोलामा राखी भारतबाट नेपाल ल्याउँदै गरेको २ हजार दरका सय थान र ५ सय दरका ८ सय थान गरी ६ लाख भारतीय नोट सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुवास गैरेले जानकारी दिनुभयो ।

पक्राउ गरिएका मियाँ र वरामद गरिएको नगद भारतीय रुपैंया आवश्यक कारवाहीकालागि राजस्व अनुसन्धान विभाग काण्ठमाडौमा पठाईएको प्रहरीले जनाएको छ । केही समययता कपिलवस्तुमा भारतीय रुपैयाँको अवैध कारोवार बढेको सुराकीको आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।