रुपन्देहीमा सर्बोच्च कमाण्डरको सम्झना

1.3K

रुपन्देहीमा सर्बोच्च कमाण्डरको सम्झना

भैरहवा, ३ असोज । प्रजातन्त्र एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्वर्गीय गणेशमान सिंहको २० औं स्मृती दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले मंगलबार भैरहवामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गीय नेता गणेशमानका बिचार र ब्यबहारको अनुकरण आजको आवश्यकता रहेको औल्याएका थिए ।

नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले सिंह १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा सक्र्रीय रुपमा लागेको स्मरण गर्दै जहिले पनि देश र जनताको हितमा लाग्ने नेताको रुपमा चित्रण गर्नुभयो ।

उहाँले जुझारुपना र नेतृत्वदायी शैलीको अनुकरण गर्न सके सवै राजनीतिज्ञ सफल हुने उल्लेख गर्नुभयो । राजनीति क्षणिक फाईदा नभई समग्र जनता र देशको हितमा हुनु पर्नेमा नेता खाँणले जोड दिनुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले गणेशमानको व्यक्तित्व, योगदान र प्रजातन्त्रप्रति उनले देखाएको निष्ठाका सम्बन्धमा चर्चा गर्दै उनले देखाएको बाटोको अनुशरण गर्नुपर्ने धारणा राख्नुभयो ।

काँग्रेसका पुर्व सगंठन सचिव दीर्घराज काफ्लेले बिपीको आदर्श मूल्य र मान्यतालाई भुलेर पद, पैसा र प्रतिष्ठाका लागि राजनीति गर्नेहरुका कारण राजनीती प्रति जनताको विस्वास घट्दै गएको टिपपणी गर्नुभयो ।

सचिव खाँणको सभापतित्व, जिल्ला सदस्य बिष्णुबहादुर थापाको सञ्चालन, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको स्वागतमा सम्पन्न कार्यक्रममा क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति प्रेमबहादुर फौजदार, बुटवल नगर सभापति खेलराज पाण्डे, प्राध्यापक मदन कट्टेल, महाधिवेशन प्रतिनीधीहरु गंगा शाही, दलबहादुर बिक, तरुणदल रुपन्देहीका सचिव रमेश शाही, सिद्धार्थ नगर ७ का बुथ सभापति बसन्तलाल कर्ण, समाजसेवी मोहम्मद खाँन लगायतले बोल्दै सिंहले अङ्गिकार गरेको पार्टीप्रतिको अनुशासन र समयलाई काँग्रेसजनले भुल्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।

स्वर्गीय नेता सिंहको २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन उल्लेखनीय भूमिका रहेको थियो ।