जेसिभी र ट्रयाक्टर सहित तीनजना चालक पक्राउ

582

जेसिभी र ट्रयाक्टर सहित तीनजना चालक पक्राउ

 

बुटवल, ३ असोज । अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन गरेको भन्दै जेसिभी र दुई वटा ट्रयाक्टर सहित तीन जना चालकलाई प्रहरीले पक्राउ गरि आवश्यक कारवाही अंगाडी बढाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलार स्थित दानव नदिको मुक्तिघाटमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै एउटा जेसिभी, दुईवटा ट्रयाक्टर सहित तीन जना चालकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवनकुमार भट्टराईले बताउनु भयो ।

उहाँका अनुसार नदिजन्य पदार्थको अवैध उत्खनन् गर्ने चालकहरु भरतकुमार केसी, बलराम डंगोरिया र प्रकाश छन्त्याललाई पक्राउ गरिएको र उत्खनन्मा प्रयोग भएका लु १ क १८४७ नम्बरको जेसिभी र लु १ त २६७१ तथा लु १ त ३८०३ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिईएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाउने प्रहरीले तयारी गरेको पनि उहाँले बताउनु भयो ।