बुटवल /नेपाली कांग्रेसले आगामी मंसिरमा हुने निर्वाचनका लागि रुपन्देहीको मर्चवार क्षेत्रबाट चुनावी मिसन शुरु गरेको छ । बहुदलीय व्यवस्थाको पूर्नबहालीपछिका दिनमा कांग्रेसले अहिलेसम्म कुनै पनि चुनाव सो क्षेत्र आफ्नो पक्षमा पार्न सकेको छैन ।
सो क्षेत्र राजपा नेता सर्वेन्द्रनाथ शुक्लाको बर्चस्व भएको क्षेत्रका रुपमा रहेको छ । नेताहरुले आगामी मंसिरको चुनावका लागि सो क्षेत्रबाटै अभियान शुरु गरेको बताउदै अव यो क्षेत्र आफ्नो पकड क्षेत्र हुने उद्घोष समेत गरे ।
सभामा शुक्लाका स्वकीय सचिव सिताराम यादव,ब्यबसायी प्रमोद यादव , फोरम लोकतान्त्रिकका वषिष्टमणि त्रिपाठी, संघीय फोरमका केन्द्रीय वसिउद्धिन खा, फकुरुद्धिन खा लगायत बिभिन्न दलका हजारभन्दा बढी नेता कार्यकर्ता पार्टीमा प्रवेश गरेको कांग्रेस नेता रामकृष्ण खाणले बताए । उनीहरुलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ट नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शंशांक कोइराला लगायतले सदस्यता दिएका थिए ।
मर्चवारमा आयोजीत वृहत आमसभा तथा पाटी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आगामी चुनावमा बहुमत ल्याए संविधान संसोधन गरेर मधेशका जनताको माग पूरा गरिदिने दावी गर्नुभयो । संविधान संशोधन गरेर मधेशी जनताले चाहेको भाषा र सिमांकन सम्बन्धी माग पूरा गर्न पनि अबको चुनावमा जसरी पनि काग्रेसलाई बहुमत ल्याउन सहयोग गर्न समेत आग्रह गनुभयो ।
प्रधानमन्त्री देउवाले अहिलेसम्मका नेपालका सबैजसो आन्दोलन काग्रेसको नेतृत्वमा भएको दावी गर्दै काग्रेसले मात्रै देशको भविष्य सुन्दर बनाउन स्थायी शान्ति, दिगो विकास र अधिकार स्थापित गर्न सक्ने बताउनु भयो । काग्रेस नेता रामचन्द्र पौडेलले मधेश उठ्मात्रै देश उठ्ने बताउदै मधेशका समस्या र गाठो फुकाउन काग्रेस नेतृत्व मधेश आएको बताउनु भयो । मधेशी जनताको चाहना अनुसार काग्रेसले २, २ पटक संविधान संशोधन प्रस्ताव लगेको बताउदै उहाले अब मधेशलाई विकास र भावनामा अवहेलना हुन नदिने बताउनुभयो । कार्यक्रममा वारीस्ठ नेता राम चन्द्र पौडेल ,महामन्त्री डा. शंशांक कोइराला बालकृष्ण खाड, मिनेन्द्र रिजाल लगायतले बोल्दै मधेशका जनताका समस्या समाधान गर्न अव काग्रेस मधेशका घरघर पुगेर काम गर्ने बताएका थिए ।