बुटवल, २३ असोज । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा नेपाली काँग्रेस तथा नेकपा एमालले आसन्न संघ र प्रदेश सभा निर्वाचनकालागि प्रत्यक्ष तर्फबाट पार्टीका उम्मेदवार केन्द्रमा सिफारिस गरेका छन् ।नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं. १ बाट संघमा पार्टी सभापति अब्दुल रज्जाकको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ भने प्रदेश सभाकालागि क्षेत्र नं. १ ‘क’बाट बासु रिमाल, विश्वनाथ यादव, रामकृष्ण पौडेल, बैधनाथ साहनी तथा ‘ख’बाट कृष्णप्रसाद पौडेल, गंगा शाहीको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नं. २ बाट संघमा युवराज गिरी र गोकर्ण पौडेलको नाम सिफारिस गरेको छ भने प्रदेश सभामा क्षेत्र ‘क’बाट काजिमान श्रेष्ठ, शरद भट्टराई, दीर्घबहादुर केसी, रोमणीप्रसाद पाठक तथा क्षेत्र ‘ख’बाट रामेश्वरप्रसाद श्रेष्ठ, रामबहादुर कार्की, महेशमान सिंह, गोविन्दप्रसाद लम्सालको नाम सिफारिस गरेको छ ।
त्यस्तै गरी क्षेत्र नं. ३ बाट संघमा पूर्व मन्त्री तथा पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाँण र पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको नाम सिफारिस गरेको छ । प्रदेश सभाकालागि क्षेत्र नं. ३ को ‘क’बाट पार्टीका जिल्ला कोषाध्यक्ष दिपकक्षेत्री न्यौपाने, क्षेत्रीय सभापति मात्रिकाप्रसाद यादव, ओमकुमार मिश्र, बिष्णु थापाको नाम सिफासिर गरेको छ भने क्षेत्र नं. ३ को ‘ख’ बाट प्रदेश सभाकालागि क्षेत्रीय सभापति प्रेमबहादुर फौदार, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, नेता शोमनाथ शर्माको नाम सिफारिस गरेको छ ।
नेपाली काँग्रेसले क्षेत्र नं. ४ बाट संघको निर्वाचनकालागि प्रमोदकुमार यादव र अष्टभुजा पाठकको नाम सिफासिर गरेको छ । प्रदेश सभाकालागि क्षेत्र नं. ४ ‘क’ बाट विनोदकुमार श्रीवास्तव, वैजनाथ पाठक र ‘ख’ बाट बसिउद्धिन खाँ, अशोककुमार त्रिपाठी, थानेश्वर घिमिरेको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. ५ बाट संघको निर्वाचनकालागि सांसद भरतकुमार शाहको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ भने प्रदेश सभा निर्वाचनकालागि ‘क’बाट हरि पोखरेल, डिल्लीराज ज्ञवाली, रामबहादुर थापा, देवी कंडेल तथा ‘ख’बाट फकरुद्धिन खान, अमेरिका कहार, शेषमन यादव लगायतको नाम सिफारिस गरेको छ ।
त्यस्तै नेकपा एमालेले प्रदेश र संघीय चुनावका रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षमा घनश्याम भुसाल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली, लिला गिरी र मिना पाण्डेको नाम सिफारिश गरेको छ । प्रदेश सभाका लागि क्षेत्र नम्बर १ क बाट सिद्धिचरण भट्टराई, निलकण्ठ पौडेल, ध्रुव खरेल, सुनिल कौशल, कृष्ण न्यौपानेको नाम सिफारिश गरिएको छ भने क्षेत्र नम्बर १ ख बाट यज्ञ गैरेको नाममा सर्वसम्मत रुपमा सिफारिश गरेको छ ।
त्यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पार्टीका उपमहासचिव विष्णु पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिश गरिएको छ भने प्रदेश सभाका लागि क्षेत्र नम्बर २ को क बाट गोपाल भट्टराई, गोपाल राना र ख बाट बाबुराम भट्टराई, भोजप्रसाद श्रेष्ठ, नन्दीकेशर ढकाल, गुरुप्रसाद शर्मा र विमला पन्थीको नाम सिफारिश गरिएको छ ।
क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ घनश्याम भुसाल, विजय पौडेल र पुष्पान्जली उपाध्यायको नाम उम्मेदवारका लागि सिफारिश गरिएको छ भने प्रदेश सभाका लागि क्षेत्र नम्बर ३ क बाट रामप्रसाद बस्याल, भरत पोखरेल र ज्ञानदेव हटुवाल तथा ख बाट श्याम खरेल, जीवलाल अर्याल, डिला अर्यालको नाम सिफारिश गरिएको छ ।
बैठकले क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बिन्ध्याचल यादव र गंगा ठठेरको नाम सिफारिश गरेको छ । त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर ४ क बाट प्रत्यक्षतर्फ पल्लवी सुब्बाका नाम सिफारिश गरेको छ ।
त्यस्तै क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ खिमलाल भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको छ भने प्रदेश सभाका लागि क्षेत्र नम्बर ५ क बाट भूमिश्वर ढकाल, मिनप्रसाद घिमिरे, ज्ञानकुमारी बेलबासेको नाम सिफारिस गरिएको छ ।