बुटवल उद्योग बाणिज्य संघमा दुई प्यानलको उम्मेदवारी दर्ता

1.3K

बुटवल उद्योग बाणिज्य संघमा दुई प्यानलको उम्मेदवारी दर्ता

बुटवल, २५ असोज । बुटवल उद्योग बाणिज्य संघमा आगामी तीन वर्षे कार्यकालको नेतृत्व लिनकालागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । संघको नेतृत्वकालागि दुई प्यानल सहित एकाध सदस्य प्यानल बाहिरबाट उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदमा मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल र कृष्णकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । हमाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उज्ज्वल कसजु, उद्योग उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा हरिप्रसाद अर्याल, महासचिवमा दिनेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बिमलराज भट्टराई र सविचमा कमलप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै श्रेष्ठ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जयप्रकाश गुप्ता, उद्योग उपाध्यक्षमा शोभाकर पोखरेल, वाणिज्य उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, महासचिवमा बिरेन्द्रकेशर जोशी, कोषाध्यक्षमा गौरीशंकर गुप्ता र सचिवमा भिमराज श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस अंगाडी श्रेष्ठ प्यानलबाट सचिव पदमा मञ्जु पोखरेल चुनाव लड्ने तयारी भएपनि प्राबिधिक कारणले भिमराजलाई अंगाडी सारिएको अध्यक्षका प्रत्यासी कृष्णकुमार श्रेष्ठले बताउनु भयो ।

कार्यसमितिको १८ सदस्य पदमा उद्योगबाट ४, बाणिज्यबाट ४, खुल्ला ७, एशोसियट १ र महिला दुई जना निर्वाचित हुनेछन् । जसमध्ये एशोसियट एक सदस्य पदमा हमाल प्यानलबाट नविन्द्र श्रेष्ठ (नविन) र श्रेष्ठ प्यानलबाट राजु खरेल दुई जनाको उम्मेदवारी परेको छ । दुई महिला सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । जसमा हमाल प्यानलबाट धनकुमार खनाल सबिता र मीना प्रधान तथा श्रेष्ठ प्यानलबाट शोभाकुमारी क्षेत्री जोशी र पुष्पा कसौधनको उम्मेदवारी परेको छ ।

चार उद्योग सदस्य पदमा १० जनाको उम्मेदवारी परेको छ । जसमा जवीनप्रसाद कक्षपति, सपना शर्मा पण्डित, माधवकुमार खनाल, खखिलेश गुप्ता, गोपाल टण्डन, निर्मित कसजु, करुण खनाल, सञ्जय कलवार जैसवाल, घनश्याम गौढ र विजयकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

त्यस्तैगरी चार बाणिज्य सदस्य पदकालागि ८ जनाको उम्मेदवारी परेको छ । जसमा मुक्ति अधिकारी, रामबहादुर भण्डारी, भरत अधिकारी, नलराज नेपाल, टंकप्रसाद गैरे, लोकनाथ पाण्डे, नरिश्वर शर्मा पौडेल र मनोज ध्वजुको उम्मेदवारी परेको छ । ७ खुल्ला सदस्य पदकालागि १७ जनाको उम्मेदवारी परेको छ । जसमा सुरज भट्टराई, जली उल्लाह, मञ्जु भुसाल, लेखनाथ भण्डारी, रामचन्द्र ज्ञवाली, कोषलराज गैरे, जीवनप्रसाद अधिकारी, दिपककुमार श्रेष्ठ, सहदेव भण्डारी, अमुल्यमान थैव, शुक्रप्रसाद बस्याल, बाबुराम बिक, प्रकाशकुमार श्रेष्ठ, एम.एल. पाण्डे, भेषराज गैरे, प्रदिप पोखरेल र दिपकप्रसाद चापागाईको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिका अनुसार आज बिहिबार उम्मेदवार उपर दाबि बिरोध, उम्मेदवारी फिर्ता, दाविबिरोध उपर छानविन तथा अन्तिम नामावली प्रकाशन हुनेछ भने शुक्रबार मतदानको कार्यक्रम छ । संघको नयाँ नेतृत्व चयनकालागि निर्वाचन समितिले १ हजार ९९९ जनाको मतदाता नामावली प्रकाशन गरेको छ ।