एनआरएन अध्यक्षमा भवन भट्ट विजयी

399

एनआरएन अध्यक्षमा भवन भट्ट विजयी
 काठमाडौं, ३१ असोज। गैरआवासीय नेपाली संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष भवन भट्ट विजयी बिजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनबाट भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गरे । उनको कार्यकाल दुई वर्षको हुनेछ ।

सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् ।यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् ।

महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् ।
अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् ।निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् ।

एनआरएनए सम्मेलन गत शनिबार काठमाडौंमा सुरु भएको थियो । तीन दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो ।  अनलाइनखबर