बुटवलमा दोश्रो औद्योगिक प्रदर्शनी शुरु

1.3K

बुटवलमा दोश्रो औद्योगिक प्रदर्शनी शुरु

बुटवल, ८ कात्तिक। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवल रुपन्देही र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन केन्द्रिय कार्यालय काठमाडौको आयोजनामा बुधबारदेखि बुटवलमा दोश्रो राष्ट्रिय औधोगिक प्रदर्शनी, कृषि व्यापार तथा पर्यटन प्रवद्र्धन शुरु भएको छ ।

प्रदर्शनीको एक कार्यक्रम विच संगठनका संस्थापक अध्यक्ष कृष्ण आचार्यले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै संस्थापक आचार्यले मुलुकमा एक हदसम्म राजनितिक क्रान्ति सम्पन्न भएको र अव आर्थिक क्रान्ति आवश्यक भएको बताउनु भयो । अव आर्थिक क्रान्तिको नेतृत्व उद्योगी व्यवसायीले गर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा नेताहरुले बुटवललाई आर्थिक केन्द्रविन्दु वनाउन कसैले रोक्न नसक्ने बताएका थिए । माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य डिलाराम आचार्य, एमालेका नेता लिला गिरी, नेपाली कांग्रेसका नेता विमलराज भट्टराई लगायतले मुलुकको लागि आर्थिक सम्बृद्धि पहिलो सर्त भएको बताए ।

उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले बुटवल आर्थिक गतिविधीको दृष्टीकोणले मुलुककै केन्द्र विन्दु रहेको र आर्थिक क्षेत्रको राजधानी वन्न सक्ने प्रयाप्त सम्भावना रहेको बताउनु भयो ।

कार्यक्रममा संगठनका कार्यवाहक अध्यक्ष श्याम श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमाल, नेपाल हेवी इक्युमेण्ट व्यवसायी संघका अध्यक्ष तारावहादुर कुवँर, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, संगठन बुटवलमा निवर्तमान अध्यक्ष खिमनारायण पराजुली लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संगठनका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक खेमवहादुर श्रीसले प्रदर्शनीको लागि बुटवलको सवै व्यवसायी संघ संस्था राजनितिक दल नागरिकको सहयोग रहेको र सम्पन्न गर्दा सम्म सहयोगको अपेक्षा गर्नुभयो ।

राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण तथा ब्यापार विविधिकरण भन्ने मूल नाराका साथ कात्तिक १८ गतेसम्म सञ्चालन गरिने प्रदर्शनीमा दैनिक उपभोग्यबस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स, टेक्सटाई, गार्मेन्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका समग्री, बैंक तथा वित्तीय, होटल तथा रेष्टुरण्ट, वाल उद्यान लगायतका ३ सय ५० स्टल राखिएको महासचिव सिताराम रसाईलीले जानकारी दिनुभयो ।