गुल्मी र उदयपुरमा गाडी दुर्घटना, २० को मृत्यु {अपडेट}

485

गुल्मी र उदयपुरमा गाडी दुर्घटना, २० को मृत्यु {अपडेट}


   बुटवल,१४  कात्तिक   त्रिशुलीमा यात्रुवाहक बस दुर्घटना भई ३१ जनाको मृत्यु भएको दुई दिन नबित्दै सोमबार गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २० जनाको ज्यान गएको छ ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो गुल्मीको वीरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । साेमबार नै उदयपुरबाट अाेखलढुंगा जाँदै गरेकाे सुमाे जीप दुर्ङटना हुँदा ९ जनाको मृत्यु भएकाे छ ।

 

सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको थियो ।

दुर्घटनामा ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटे पनि बीच बाटोबाट गाडीमा यात्रु थपिएको प्रहरी जनाएको छ ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै, दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा तीन जना महिला र ६ जना पुरुष छन् ।

मृत्यु हुने मध्ये सबैको सनाखत भएको छ । मृतकहरुमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमीचौरका अन्दाजी बर्ष ३१ का भीमबहादुर घर्ती मगर (ड्राईभर), गुल्मी मालिका गउँपालिका ६ का ३० वर्षीय लालबहादुर मुखिया, गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौरकी २७ वर्षीया यमुना पन्थी मरासिनी, ईस्मा-२ पालुकाकी ४५ वर्षीया रुबी नेपाल, इस्मा-६ का २६ वर्षीय दिलबहादुर कुमाल र गुल्मी रिमुवाकी सुमित्रा दर्लामी छन् ।

त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊकी ५० वर्षीया मानकुमारी थापा, अर्घाखँची छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डेे र बुटवलका केशवबहादुर गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ ।

त्यसैगरी मालिका गाउँपालिका गुल्मीका २० वर्षका ७ घमिर सुमन कार्की, इस्मा गाउँपालिका गुल्मीका वर्ष २४ का वीरबहादुर मुखिया, अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने अन्दाजी बर्ष ३५ का रामप्रसाद पाण्डेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

गाडीका चालकको पाल्पा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । सनाखतको लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।

यस्तै घाइते हुनेहरुमा एक जना महिला, ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार चालक सहित १७ जना सवार थिए ।

दुर्घटनामा परेको गाडी सड्कबाट करीव ३ सय मिटर भन्दा बढी तल खसेको थियो । गाडीको तीब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइडदिने बलेरो जीप सडकको नालीमा रहेको बताए । दुर्घटना स्थल ठूलो भीर र साँघुरो बाटो  छ ।

३ वर्षको बच्चा सकुशल, चालकसहित ९ को मृत्यु

साेमबार नै भएकाे उदयपुरको दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा अञ्जना राई, सन्देश किराती, ईश्वर भट्टराई, मिथिलेश कुमार साह, दीपक मित्रकोटी, राजेन्द्र बर्मा र चालक हरि कार्की रहेको उदयपुरबाट पत्रकार अभिमन्यु लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।
गाडीमा ११ जना सवार रहेकामा ३ वर्षको बच्चा सकुशल अवस्थामा घेटिएका छन् भने एक महिलालाई उपचारका लागि बिराटनगर लगिएको छ । मृत्यु भएका दुई यात्रुको भने सनाखत हुन सकेको छैन ।