रुपन्देहीका १५ सिटमा २३० जनाको उम्मेदवारी

1.3K

रुपन्देहीका १५ सिटमा २३० जनाको उम्मेदवारी

भैरहवा, १६ कात्तिक । आगामी मंसिर २१ गते दास्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही जिल्लाबाट १५ सिटमा २३० जनाको उम्मेदवारी परेको छ ।

जिल्लामा लोकतान्त्रिक गठवन्धन र बाम एकताका साथै दलगत अन्य १७ राजनैतिक दल सहित स्वतन्त्र गरी दुईसय ३० जनाले उम्मेदवार मनोनय दर्ता गराई चुनावी मैदानमा उत्रेका छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लाबाट संघमा प्रत्यक्षतर्फ ५ जना र प्रदेश सभामा १० जना उम्मेदवार मात्रै निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्लामा दल दर्ता रहेका ३१ दलमध्ये १५ दलले मात्रै संघ र प्रदेसमा उम्मेदवारी दिएका छन् । संघमा प्रतिनिधीसभा सदस्यको ५ निर्वाचन क्षेत्र कायम रहेको रुपन्देहीमा एमाले ५ नम्वर क्षेत्रमा माओवादी केन्द्रलाई छोडेर सवै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ भने नेपाली काँग्रेसले ३ नम्वर क्षेत्र राप्रपालाई छोडेर अन्य सवै क्षेत्रमा एकलौटी उम्मेदवार मनोनय दर्ता गराएको छ । राजपा र संघिय समाजवादी फोरमले पनि छुटाछुटै उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपा प्रजातान्त्रिक पार्टीका प्रभावशाली नेता एवं वर्तमान स्वास्थ्य मन्त्री दीपक बोहोराका विरुद्ध क्षेत्र नंंं ३ मा प्रतिनिधि सभा सदस्य पदमा आफनै पार्टीको तराई मधेश विभागका राष्ट्रिय महामन्त्री आनन्दप्रसाद गुप्ताले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । निर्वाचन क्षेत्र नंं १ मा प्रतिनिधी सभासदस्य पदमा लोकतान्त्रिक गठवन्धनका तर्फबाट नेपाली काग्रेसका जिल्ला सभापति अव्दुल रजाक, प्रदेस सभा निर्वाचन क्षेत्र नंं. १ ताहिर अलि, प्रदेस २ मा हरि न्यौपाने, बाम एकताको तर्फबाट प्रतिनिधिसभामा छविलाल विश्वकर्मा लगायत १८ जनाको उम्मेदवारी परेको छ प्रतिनिधी सभामा १७ जना, प्रदेश १ मा १४ जना, २ नम्वर प्रदेसमा १६ सहित ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं. १ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका पुराना नेता कृष्णप्रसाद पौडेलले बागी उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नंं २ मा प्रतिनिधीसभाका लागि नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, नेपाली काग्रेसका युवराज गिरी, विवेकशिलपार्टीका निलम अधिकारी, राष्ट्रिय जनमुक्तीका दुर्गाबहादुर थापा घर्ती मगर, राष्ट्रिय जनमोर्चाका टानबहादुर खत्री लगायत १७ जना र प्रदेश सभा १ मा काँग्रेसबाट काजिमान श्रेष्ठ र एमालेबाट लिला गिरी तथा २ मा १ मा काँग्रेसबाट महेशमान सिंह र एमालेबाट भोजप्रसाद श्रेष्ठ सहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी क्षेत्र नंं ३ मा लोकतान्त्रिक गठबन्धनबाट दिपक बोहोरा र बामएकताको तर्फबाट घनश्याम भुसाल, विवेकशिल पार्टीका प्राथिवेन्द्र उपाध्याय, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट सुर्यकुमार साुरुमगर, संघिय समाजवादी फोरम नेपालका तर्फबाट महेन्द्र यादव, एकिकृत राष्ट्रिय प्रजातानित्रक पार्टी राष्ट्रबादीका कमल शर्मा उपाध्याय, नेपाल युवा किसान पार्टीका झकालु कुम्हाल, ने.का. विपीका अमृतप्रसाद शर्मा लगायत दलगत र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ ।

यसैगरी क्षेत्र नंं ४ मा नेपाली काग्रेसका तर्फबाट पार्टीमा नवप्रवेशी युवा प्रमोद यादव, राजपाका नेता सर्वेन्द्रनाथ शुक्ला, बामएकताको तर्फबाट राजपा परित्याग गरी पूर्वमन्त्री ओमप्रकाश यादव गुल्झारीले उम्मेदवारी दर्ता गराएका छन् । उक्तक्षेत्रबाट प्रतिनिधीसभामा १५, प्रदेस १मा १८, प्रदेस २मा २० सहित ५३ जनाको उम्मेदवारी परेको छ । यसैगरी क्षेत्र नंं ५ मा नेपाली काग्रेसका भरतकुमार शाह, माओवादी केन्द्रका डिलाराम आचार्य सहित १८ जनाको उम्मेदवारी परेको छ ।

 यसैगरीप्रदेस १ मा १३ जना, प्रदेस २ मा १८ सहित क्षेत्रमा दलगत एवं स्वतन्त्र गरी कुल ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघिय संरचना अनुसार संघ र प्रदेससभा निर्वाचनका लागि हाल पाँच निर्वाचन क्षेत्र कायम रहेको रुपन्देहीमा पा“च लाख २२ हजार पा“चसय ९६ जना मतदाता छन् ।