आर्थिक विकास र समृद्धि नै अबको गन्तव्य : दाहाल

431

आर्थिक विकास र समृद्धि नै अबको गन्तव्य : दाहाल

भैरहवा, ३० कात्तिक। ‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र ः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नारा सहित भैरहवाको अञ्चलपुरमा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव बिहीबारदेखि शुरु भएको छ । उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा संचालित मेलाको पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो ।

मेला उद्घाटन गर्दै दाहालले संविधानसभाबाट संविधान प्राप्त भइसकेपछि अबको गन्तव्य आर्थिक विकास र समृद्धि नै भएको बताउनु भयो । मुलुकको आर्थिक विकास र समृद्धिसंगै स्थायित्वका लागि नै वाम गठवन्धन भएको भन्दै प्रचण्डले वाम गठवन्धन कसैका विरुद्ध नभएको दोहो¥याउनु भयो । ‘७० सालयता पूरा ५ वर्ष टिकेको सरकारको रेकर्ड छैन, तसर्थ ५ वर्ष सरकार चलाउने र देशलाई १० वर्षभित्र एशियाली मापदण्डमा पु¥याउने उद्देश्यले वाम गठवन्धन भएको हो’–दाहालले भन्नुभयो–‘विकास र समृद्धि सबै क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन वामपन्थीको जित आवश्यक छ ।’

लुम्बिनीको वृहत्तर विकास गर्दै पर्यटनका माध्यमबाट जिल्लाको मात्र नभई समग्र देशकै आर्थिक समृद्धिमा योगदान पु¥याउन सकिने दाहालले औंल्याउनु भयो । आफू पहिलोपटक प्रधानमन्त्री हुंदा नै ल्हासादेखि लुम्बिनीसम्म रेल ल्याउने पहल गरेको स्मरण गर्दै दाहालले अब कोरलाबाट पनि रेल आउने बताउनु भयो ।

दाहालले नेपालले चीन र भारत जस्ता विकसित दुबै मुलुकबाट लाभ लिन सक्नुपर्नेमा पनि जोड दिनुभयो । दाहालले वाम गठवन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका घनश्याम भुसाल र तुल्सी चौधरी तथा माओवादी केन्द्रका विश्वास बराललाई भोट माग्दै जिताउन आग्रह समेत गर्नुभयो । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र बनाउन देशभित्रको आन्तरिक उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । एमाले उपमहासचिव घनश्याम भुसालले अबको पालो देश विकास र समृद्धि भएको बताउनु भयो ।

मेला आयोजक समितिका संयोजक नारायणप्रसाद भण्डारीले स्वदेशी उत्पादनको बजार प्रवद्र्धन, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने, उद्योगीहरुमा प्रतिस्पर्धी क्षमता बृद्धि गर्न प्रेरित गर्ने, रुपन्देहीमा उद्योग, ब्यापार, कृषि र पर्यटनको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्यसहित मेला आयोजना गरिएको बताउनु भयो । उहाँले भैरहवामा स्थायी मेला स्थल र स्थायी संरचना नहुंदा वर्षेनी लाखौं रुपैयां खेर जाने गरेको गुनासो गर्दै मेला स्थलका जग्गा उपलब्ध गराउन माग गर्नुभयो ।

अध्यक्ष भण्डारीले विद्युतको अभावमा विशेष आर्थिक क्षेत्र सेज दुईपटकसम्म उद्घाटन भएर पनि संचालनमा आउन नसकेको भन्दै १३२ केभीए प्रशारण लाइन यथाशीघ्र जडान गर्न, चर्को बैंक ब्याज दर घटाउन, उद्योग व्यवसाय मैत्री नीति ल्याउन र लुम्बिनीलाई शान्ति शहरको रुपमा विकास गर्न माग गर्नुभयो ।

मेला उद्घाटन समारोहमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, मेलाको मुख्य प्रायोजक बोधी रेडसन रिसोर्टका संचालक एवं कांग्रेसका युवा नेता प्रमोद यादव, माओवादी केन्द्रका उम्मेदवार विश्वास बराल, आयोजक संगठनका उपाध्यक्ष गिरिशचन्द्र त्रिपाठी, महासचिव अनिल ज्ञवाली लगायतले बोल्दै स्वदेशी उत्पादनको बजार प्रवद्र्धनमा मेलाले टेवा पु¥याउने भएकाले मेला अवलोकन गर्न आग्रह गर्नुभएको थियो ।

मेलामा उद्योग, ब्यापार, होटल÷रेष्टुरां, सूचना प्रविधि, अटोमोबाइल्स, कृषि, पर्यटन र संघसंस्था तथा प्रायोजकका गरी करिब चारसय स्टल रहेका मूल आयोजक समितिका सहसंयोजक, स्टल दर्ता संयोजक एवं संगठनका निवर्तमान अध्यक्ष खिमबहादुर खत्रीले जानकारी दिनुभयो । मेलाको आकर्षणको रुपमा यसपटक मेला प्रवेशद्वरा ड्रागनको मुखाकृतिमा बनाइएको छ भने राउटे जातिको अवलोकन गर्न पनि पाइने छ ।

दिनहुं राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, महिला तथा पुरुष कुस्ती, डीजे नाइट, फेशन शो, जिल्लास्तरीय खुल्ला नृत्य प्रतियोगिता, भोजपुरी कलाकारको प्रस्तुति, लुम्बिनी दर्शन प्याकेज टुर, सेल्फी जोन, बाल उद्यान आदि मेलाको मुख्य आकर्षणको रुपमा रहने संगठनका महासचिव अनिल ज्ञवालीले जानकारी दिनुभयो ।

मंसिर ११ गतेसम्म संचालन हुने मेला ३ लाख दर्शकले अवलोकन गर्ने र ६० देखि ६५ करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको कोषाध्यक्ष सचिन रोक्काले जानकारी दिनुभयो । मेला उद्घाटनअघि भैरहवाको बुद्धचोकबाट बाजागाजा, विभिन्न जनजातिका झांकी, हात्तीसहित दर्जनौं संघसंस्था सहभागी औद्योगिक जनचेतना ¥याली निकालिएको थियो ।