राम्रचन्द्र पौडेलमाथि बम आक्रमण, रौतहटमा बम विस्फोटमा ८ जना घाइते

1.3K

राम्रचन्द्र पौडेलमाथि  बम आक्रमण, रौतहटमा  बम विस्फोटमा ८ जना घाइते

लमजुङ, २ मंसिर– नेपाली कांग्रेसका नेता राम्रचन्द्र पौडेलमाथि शनिवार प्रेसर–कुकर बम आक्रमण भएको छ । गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गरी लमजुङ फर्किने क्रममा पौडेलमाथि तनहुँको भानु नगरपालिका–१० मा कुकर बम आक्रमण भएको हो ।

बम प्रहारबाट पौडेलको गाडीमा क्षति पुगेको छ । केही कार्यकर्ता पनि घाइते भएका छन् । पौडेल भने सकशुल छन् ।

आफूमाथि भएको बम प्रहारलाई पौडेलले सांघातिक आक्रमण भनेका छन् ।  पौडेलले आफ्नो हत्या गर्ने उद्देश्यसहित बम आक्रमण भएको बताए ।

बम आक्रमणबारे पौडेलेकाे प्रतिक्रिया, 
गोरखाका कार्यक्रम सकेर लमजुङ आउँदै थियौं । बाटोमा यस्तो (बम) आक्रमण भयो । यो सांघातिक आक्रमण हो । ज्यान लिने उद्देश्यले नै आक्रमण भएको देखिन्छ । म ४ इञ्चले बाँचे । अन्य केही साथीहरु घाइते भएका छन् । मेरो गाडीमा क्षति पुगेको छ । सरकारले पनि सुरक्षा व्यवस्थालाई अलि कडा पार्नुपर्ने देखिन्छ । यस्तो गतिविधिले हिंसालाई प्रसय दिन्छ । 

यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् ।

 

वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् ।

घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।

विष्फोटका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।