वामगठबन्धनको चुनावी सभामै ढलेका गायक पाख्रिनको निधन

1.3K

वामगठबन्धनको  चुनावी सभामै ढलेका गायक  पाख्रिनको निधन

चितवन । भरतपुरको चुनावी सभामै ढलेका  गायक खुसीराम पाख्रिनको निधन भएको छ ।

 

चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।

पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।

२००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका पाख्रिन नेकपा माअोवादीका पूर्व सभासदसमेत हुन् । २०६४ सालकाे संविधानसभा निर्वाचनमा उनी माअोवादीबाट समानुपातिक सभासद बनेका थिए ।पछिल्लो समय पाख्रिन माअोवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए ।

नेकपा (चाैम)बाट राजनीतिक यात्रा सुरू गरेका पाख्रिनले माअोवादी जनयुद्द सुरू भएयता सांस्कृतिक समूहमा रहेर काम गरेका थिए । उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पनि हुन् ।उनका श्रीमति, २ छोरा र २ छोरी छन् ।