भूपू सैनिकको निर्णय- पेन्सन क्याम्प बनाउने काँग्रेसलाई भोट दिने

658

भूपू सैनिकको निर्णय- पेन्सन क्याम्प बनाउने काँग्रेसलाई भोट दिने

बुटवल, ११ मंसिर /लोकतन्त्रमा मात्रै सबै बर्ग र समुदायको अस्तित्व कायम रहनेभएकाले अवको निार्वचनमा नेपाली काँग्रेसलाइ जिताउन एक भएर लाग्ने भुपु सैनिकहरुले बताएका छन ।
नेपाल भूत पूर्व सैनिक संघ रुपन्देहीले सोमवार बुटवलमा गरेको भेलामा बोल्नेहरुले लोकतन्त्रको रक्षा गर्दै विकास र समृद्धिलाइ नेपाली काँग्रेसले मुल मुद्या बनाएकाले आशन्न निर्वाचनमा भूपु सैनिकहरुले काँग्रेसका उमेद्धवारहरुलाइ जिताउने बताएका हुन । कार्यक्रममा बोल्ने भुपु सैनिकहरुले भुपुका माग र समस्याहरुलाइ नेपाली काँग्रेसले सुरुदेखिनै सम्बोधन गर्दै आएकाले यसपाली पनि काँग्रेसकै उम्मेदवारलाइ मत दिएर जिताउन सबैलाइ आग्रह समेत गरे । संघका अध्यक्ष खगेश्वर पुनले रुपन्देहीमा भएको अस्थाई भारतीय भूपू सैनिक पेन्सन क्याम्पलाई स्थायी बनाउनकालागि नेपाली काँग्रेसले नेतृत्व गरेकाले जिल्लाका भूपूहरुले नेपाली काँग्रेसलाई मतदान गर्ने निर्णय गरिएको बताउनु भयो ।
भारतीय सेनामा काम गरेर अवकास लिएका यस क्षेत्रका भूपूहरुलाई सुविधा दिने काममा नेपाली काँग्रेस नेता स्वर्गीय सूर्यप्रसाद प्रधानले नेतृत्व गरेर २०४६ सालमा बुटवल फूलबारीमा अस्थायी पेन्सन क्याम्प स्थापना गरिएको थियो । नेपाली काँग्रेसका स्थानीय तथा केन्द्रीय नेताहरुले नेतृत्व गरेर उक्त अस्थायी पेन्सन क्याम्पलाई स्थायी बनाउकालागि आवश्यक नीतिगत कुराहरुमा पहल गरि जग्गा समेत प्राप्त भएको संघका महासचिव कुलबहादुर केसीले बताउनु भयो । उक्त जग्गामा स्थायी पेन्सन क्याम्प निर्माणकालागि गत जेठमा भारतीय राजदुत मञ्जित सिंह पुरीले शिलान्यास गरिसक्नु भएको छ । जसकालागि भारत सरकारले १२८ करोड भारतीय रुपैंया विनियोजन गरिसकेको छ ।
पेन्सन क्याम्प स्थापनामा कम्युनिष्ट नेताहरुले सुरु देखिनै बिरोध गरेको र यसलाइ रोक्न चलखेल हुन सक्ने आशंका व्यक्त गर्दै यसको पुर्णताकालागि काँग्रेसका उम्मेदवारलाइ जिताउनु पर्नेमा केसीले जोड दिनु भयो । सोही कार्यक्रममा बोलदै काँग्रेसबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उम्मेदवार युवराज गिरीले नेपाली नागरिकलाई सुविधा सम्पन्न गराउने काममा नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले भूपूहरुले सामाजिक रुपान्त्रणमा पु¥याएको योगदान उच्च रहेकाले भूपूलाई कहिल्यै पनि बिर्सिन नसकिने बताउनु भयो । कार्यक्रमा प्रदेश सभाका उम्मेदवारहरु काजिमान श्रेष्ठ र महेशमान सिंहले नाम र दामका लागि मात्र नभइ समग्र बिकासकालागि आफूहरुले उम्मेदवारी दिएको बताउनु भयो । यस क्षेत्रमा सुरु भएका साना ठुला सबै आयोजनाहरुलाइ पुरा गर्दै नया प्रभावकारी योजनाहरु ल्याउने प्रतिबद्धता जनाउनु भयोे । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न २ का सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की,संघका केन्द्रीय सदस्य यमबहादुर खत्री, भारतीय भूत पूर्व सैनिक महासंघ संगठन प्रमुख किसनबहादुर थापा लगायतले बोल्नु भएको थियो ।