पत्रकार महासंघको मिशन टोलीसँग प्रजिअले भने – रुपन्देहीमा सुरक्षा थ्रेट उच्च

204

पत्रकार महासंघको मिशन टोलीसँग   प्रजिअले भने – रुपन्देहीमा सुरक्षा थ्रेट  उच्च

यमलाल भुसाल
बुटवल, ११ मंसिर /निर्वाचनको विषयमा पत्रकार महासंघको केन्द्रिय प्रतिनिधि र सरोकारवाला निकायबीच सोमबार बुटवलमा छलफल भएको छ ।
निर्वाचनका लागि मिसनमा खटिएका महासंघका अध्यक्ष र रुपन्देही सुरक्षा निकायसहित सरोकारवालाबीच छलफल भएको हो ।
सोही छलफल तथा अन्तरक्रियामा बोल्ने वक्ताले आगमी २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षीय बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण हातहुने बताए ।
निर्वाचनको बेला पत्रकारहरुले व्यक्तिगत र राजनीतिक स्वार्थ भन्दा माथि उठेर निष्पक्षीय रुपमा कलम चलाउन आग्रह गरे ।
निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षीय रुपमा सम्पन्न गरेर प्राप्त उपलब्धीहरुलाई संरक्षण गर्ने दायित्व सबैको भएको उनीहरुको भनाई । कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता पेशालाईलाई मर्यादमा राखेर रिपोटिङ गर्ने दायित्व पत्रकारहरको रहेको बताउनु भयो । उहाँले निर्वाचनको बेला र अघिपछि सधैभरी पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्ने बताउनु भयो ।
उहाँले निर्वाचनलाई निष्पक्षीय बनाउन राजनीतिक दल, कर्मचारी, प्रसाशन र पत्रकारहरु निष्पक्षीय हुनुपर्ने बताउनु भयो । राजनीतिक दल, कर्मचारी, प्रसाशन र पत्रकारहरु निष्पक्षीय भए जनता आफै निष्पक्षीय हुने र निर्वाचन पनि निष्पक्षीय हुन सक्ने बताए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शान्तिपूर्ण र निष्पक्षीय तथा भयरहित रुपमा निर्वाचन सम्पन्न गर्नेगरी सुरक्षा व्यवस्था मिलाईएको बताउनु भयो । रुपन्देहीको सुरक्षामा थे्रट रहेको उल्लेख गर्दै जिल्लाको सुरक्षाका लागि चारवटा सुरक्षा निकायलाई परिचालन गरिएको समेत उहाँले बताउनु भयो । उहाँले ५ लाख २२ हजार मतदाता रहेको रुपन्देहीमा १२ सय जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिएर १८ गतेसम्म सबै मतदान केन्द्रमा पठाउने जानकारी गराउनु भयो । निर्वाचनको बेला रिपोटिङका लागि एउटा मिडियाबाट ५ जनालाई १ जना उम्मेदवारलाई एकएक सवारीका साधनहरु चलाउन अनुमति दिनेसमेत जानकारी गराउनु भयो ।