बम विष्फोटमा कांग्रेस उम्मेदवार कार्कीले हात र कटुवालले खुट्टा गुमाए

1.3K

बम विष्फोटमा कांग्रेस उम्मेदवार कार्कीले हात र कटुवालले खुट्टा गुमाए

बुटवल १३ मंसिर /उदयपुरको एम्बुसमा परी घाइते हुनुभएका क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली काग्रेसका उम्मेदवार नारायण कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कट्वाललाई उपचारार्थकाठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उदयपुरको कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा कार्की चडेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको होे । नेपाली काग्रेस उदयपुरका नेता लबराज अधिकारीका अनुसार विष्फोट हुँदा गाडीकरिब १० मिटर माथिसम्म उफ्रिएको थियो ।गाडी क्षतिगस्त बनेको छ ।

घटनामा परी उम्मेदवार कार्की र नेबिसंघ जिल्ला सदस्य मीरा कटुवाल गम्भीर घाइते हुनुभएको थियो ।

कार्कीको हातको औला चुडिएको छ, अनुहार र खुट्टामा गहीरो चोट लागेको छ । मिरा कट्वालको खुट्टा चुडिएको छ ।

गम्भीर घाइते भएका दुबै जनालाई नेपाली सेनाको हेलीकोप्टरबाट काठमाण्डौ लगीएको छ । सामान्य घाइते भएका दुइ जना सुरक्षाकर्मी र चालकको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

त्यही गाडीमा रहेका अन्य दुइ जना भने सामान्य अबस्थामा रहेको अधिकारीले बताएका छन् ।

उदयपुर रिस्कु४ मा ७१ वर्षअघि बाबु नरबम र आमा नरमायाको कोखबाट जन्मिएका नारायणबहादुर कार्की राजनीतिमा निरन्तर क्रियाशील हुनुहुन्छ शिक्षाशास्त्र शङ्कायमा स्नातक गरेका कार्की २०४५सालदेखि राजनीतिमा सक्रिय भएर लाग्नुभएको हो ।

पञ्चायतकालमा २० दिन जेल जीवन बिताएका कार्की २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेस उदयपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्थ्यो ।

संविधान निर्माण र उदयपुर जिल्लाको विकासमा निरन्तर सक्रिय रहँदै आएका कारण यो पटक पनि पार्टीले टिकट दिएको हो । जिल्लाको विकास र समृद्धिमा सधैँ तल्लिन रहने कार्की आम मतदाता तथाकार्यकर्ता माझ लोकप्रिय हुनुहुन्छ ।

प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध नेताका रूपमा चिनिनुहुने कार्की लोकतन्त्रको रक्षाका लागि सधैँ अग्रमोर्चामा रहँदै आउनुभएको छ ।

विगतमा सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरेर चर्चा कमाएका कार्की अब उदयपुरको समृद्धिका लागि पछिल्लो वाईफाई पुस्ताको साथ लिएर अघि बढ्ने योजनामा हुनुहुन्छ ।

आफ्नो क्षेत्रको खेलकुद, धार्मिक पर्यटन, भौतिक विकास निर्माणको कामलाई निरन्तरता दिँदै जनताको सेवा गर्ने उहाँको योजना छ । उहाँले आफ्नो क्षेत्रमा सुरक्षित आवासका लागि पहल गर्ने ,अव्यवस्थितदलित बस्तीलाई व्यवस्थित गर्ने,आधुनिक कृषि प्रणालीको विस्तार गरी बजारीकरण गर्ने,मध्य–पहाडी राजमार्गको धेरै भाग उदयपुरमा पर्ने भएकाले यसको स्तरोन्नति गर्ने,धार्मिक पर्यटनका प्रवर्धनकालागि रौता–पोखरी, गढीबजारलगायत क्षेत्रको पूर्वाधार विकासमा जोड दिने,बढ्दो सवारी दुर्घटना रोक्न सडक सञ्जाल विस्तार गर्दै सुरक्षित यातायातको व्यवस्था गर्ने र निर्वाचन क्षेत्रमा शिक्षाका लागिप्राविधिक कलेज तथा स्वास्थ्यका लागि अस्पताल निर्माण गर्ने योजना तर्जुमा गर्नुभएको छ ।

उहाँले विगतमा राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रअन्तर्गत ८ हजार दलितका लागि आवास निर्माणमा विशेष सहयोग गर्नुभएको थियो