कम्युनिष्टहरुले नेता देखेर जनता डराउने शासन ल्याउन खोजेका छन्ः प्रधानमन्त्री देउवा

331

कम्युनिष्टहरुले नेता देखेर जनता डराउने शासन ल्याउन खोजेका छन्ः प्रधानमन्त्री देउवा

नवलपरासी १३ मंसिर /प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाउनुभएको छ ।
‘जनतासँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ’, बुधबार पहाडी क्षत्रेको बुलिङटारमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई संवोधन गर्दै प्रधानन्त्री देउवाले भन्नुभयो, कम्युनिष्टसँग जनता हिजो पनि डराउँथे, भोली पनि डराउने दिन ल्याउन लागेका छन् ।’
वम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार अपहरण हुने बताउदैउहाँले वामगठन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिर समेत गर्नुभयो । यो चुनाव कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमत संग्रह हो’, वामगठबन्धनको आलोचना गर्ने क्रममा उहाँले अगाडि थप्नुभयो, यो संविधानले आदिवासी, जनजाति, मधेशी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टहरुले संविधान खारेज गरेर तानशाही लाद्न खोजेका छन् ।’
नेपाली कांग्रेसले स्थापना कालदेखि नै जनतालाई मालिक बनाउने लक्ष्य लिएको र २००७ सालदेखि परिवर्तनको नेतृत्व गरेको काँग्रेसले वामगठबन्धनको इरादा पूरा हुन नदिने दावी पनि उहाँले गर्नुभयो ।
उहाँले वामगठबन्धन दिएको सम्वृद्धिको नारा फोस्रो भएको आरोप लगाउनुभयो । कहाँबाट समृद्धि ल्याउँछन्, उनीहरु आए स्वदेशी ÷विदेशी कुनै पनि लगानी नेपालमा थपिदैन’,उहाँले भन्नुभयो, विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशी लगानी पनि बाहिर जान्छ ।’ नेपाली काँग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्ने जिकिर गर्दै उहाँले मूलुकलाई काँग्रेस नेतृत्वको सरकारले मात्र धनी बनाउने दावी गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहर थुपार्ने कण्टेनर बनाउन लागेको आरोप लगाउनुभयो । स्थानीय निकायको निर्वाचनबाट केही अगाडि देखिना साथ एमालेले बहुदलीय मान्यतालाई तिलाञ्जली दिएर साम्यवाद अंगाल्न पुगेको जिकिर गर्दै उहाँले अगाडि भन्नुभयो, अहिले एमालेले चरम अवसरवादिता प्रकट गरिरहेको छ ।’ आफैले हस्ताक्षर गरेको संविधानमा मसी नसुक्दै एमाले र माओवादीले अनर्थको कुरा गरेको बताउँदै उहाँले कम्युनिष्टहरुले समस्या मात्र जन्माउने तर त्यसको समाधान नखोजेको जिकिर गर्नुभयो । वाम गठबन्धनको सरकार बने सबैभन्दा पहिले समावेशी व्यवस्थाको अन्त्य हुने बताउँदै उहाँले तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दावी गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालीगण्डकी करिडोर को निर्माणको लागि काग्रेसको महत्वपूर्ण भूमिका रहेको र प्रदेश नं. ४ लाई समृद्ध र सवल वनाउन नवलपुरको ठूलो योगदान रहने हुँदा काग्रेस उम्मेदवार डा. शशांक कोइरालालाई जिताउन आग्रह गर्नुभयो । सोही सभामा बोल्दै काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले काँग्रेसलाई जिताएमा नेपालीको भाग्यरेखा परिवर्तन हुने उद्घोष गर्नुभयो ।
विशाल आमसभामा उद्योगपति विनोद चौधरीले आफू राजनीति गर्न नभई बलियो अर्थतन्त्रको आधारशीला तयार पार्न काँग्रेसमा आवद्ध भएको जिकिर गर्नुभयो । नेपाली काँग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिका कारण देशले फड्को मारेको दृष्टान्त दिँदै उहाँले रोजगारी सृजना र आर्थिक उन्नति काँग्रेसको एजेण्डा भएको दावी गर्नुभयो ।
नेपाली काँग्रेस निर्वाचन परिचालन कमिटीका संयोजक बालकृष्ण खाँणले काँग्रेसलाई सिध्याउन खोज्नेहरु आफै सकिएको दृष्टान्त दिँदै अब सकिने पालो एमालेको भएको उद्घोष गर्नुभयो ।