विश्वमै सफल उद्योगी विनोद चौधरी बुटवल आउदै

1.3K

विश्वमै सफल उद्योगी विनोद चौधरी बुटवल आउदै

बुटवल १५ मंसिर विश्वमै सफल बनेर चर्चामा रहेका सफल उद्योगी तथा व्यवसायी विनोद चौधरीले भोली बुटवलमा उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्नु हुने भएको छ ।
शनिबार दिउसो १ बजे बुटवल उद्योग बाणिज्य संघको सभाहलमा हुने विशेष समारोहलाई सम्बोधन गर्न चौधरी बुटवल आउन लाग्नु भएको हो । नेपाली कांग्रेसको तथा वाट समानुपातिकतर्फ प्रतिनिधि सभाका उमेदवार बन्नु भएका चौधरी चुनावी अभियानका शिलशिलामा पहिलो पटक बुटवल आउन लाग्नु भएको हो ।
नेपालमा सफल उद्योगी व्यवसायी चौधरीलाई हरेक उद्योगी व्यवसायीहरुले आफ्नो क्षेत्रको प्रेरणाका स्रोतका रुपमा लिने गर्दछन् । नेपली कांग्रेसका उमेदवारहरुलाई विजयी बनाउनका लागि बुटवलमा गठन गरिएको उद्योगी व्यवसायी परिचालन समितिले कार्यक्रमको आयोजना गरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमालले बताउनु भयो । यस अघिको निर्वाचनमा नेकपा एमालेबाट सांसद बन्नु भएका चौधरी यस पटक नेपाली कांग्रेसमा प्रवेश गरेसंगै देशव्यापी रुपमा नेपाली कांग्रेसको पक्षमा चुनावी मैदानमा उत्रिनु भएको छ । आफ्नो मन्तव्यमा चौधरीले नेपाली कांग्रेसको सरकारबाट मात्र आर्थिक विकास र सम्बृद्धि सम्भव भएको भन्दै आर्थिक परिवर्तन कांग्रेसको निति र सिद्धान्तबाट मात्र हुने बताउदै आउनु भएको छ ।