सबैको सहयोग र सहकार्यमा समतामुलक समाज निर्माणः विश्वकर्मा

699

सबैको सहयोग र सहकार्यमा समतामुलक समाज निर्माणः विश्वकर्मा

बुटवल पौष ।  नेकपा एमालेका स्थायी समिति सदस्य छबिलाल विश्वकर्माले सबैको सहयोग र सहकार्यमा मुलुकमा समतामुलक समाज निर्माण भएको बताउंनुभएको छ ।

साथै दलित मुक्ति आन्दोलन गैर–दलितहरुको सहयोग र समर्थनमा सफल भएको बताउंनु भयो । रेडियो जागरण ९३.६ मेगाहर्ज,बुटवलको ११ औं वार्षिकोत्सव समारोहको आईतबार बुटवलमा उद्घाटन गदैं विश्वकर्माले सो कुरा बताउंनुभएको हो ।

पूर्व मन्त्री एव रुपन्देही क्षेत्र नं १ प्रतिनीधि सभा सदस्यमा नवनिर्वाचित सांसद समेत रहनुभएका विश्वकर्माले सबैको साथ र सहयोगले मुलुकमा अपहेलित भएर बस्नु परेका दलितहरुको मुक्ति सम्भव भएको बताउदै मुलुकको सम्वृद्धि र विकासका लागि आफुहरु लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले सञ्चारमार्फत रेडियोले समतामुलक समाज निर्माणमा ठुलो योगदान पु¥याएको बताउंनुभयो।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्माले मिडियामार्फत दलित आन्दोलनको अगुवाई गर्न रेडियोले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । रेडियो सञ्चालक समितिका अध्यक्ष विनोद पहाडीले आवाज बिहिनहरुको आवाज बुलन्द गर्नका लागि रेडियो जागरण स्थापना भएकोले अन्य रेडियो भन्दा जागरणको मिसन झरक भएको बताउंनुभयो ।

नेपाल पत्रकार महासंघ,रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले संविधानतःमुलुकमा समतामुलक समाज निर्माण भएको दावी गदैं जारी संविधानमैं दलित शव्द हटाउंनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी,रुपन्देहीका अध्यक्ष यानेन्द्र जी.सी.लगायतले बोल्नुभएको थियो ।

रेडियोका स्टेशन म्यानेजर बिनोद परियारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि विश्वकर्मा,नव–निर्वाचित प्रदेश सभा सांसदहरु दधिराम शर्मा,लिला गिरी,भोजप्रसाद श्रेष्ठलाई खांदा लगाएर सम्मान गरिएको थियो ।

रेडियो आज बाट १० वर्ष पुरा गरि ११ वर्षमा प्रवेश गरेको हो । सबै प्रकारको विभेद रहित समतामुलक समाज निर्माण गर्न,जातीय,भाषिक,लैङिगक,बर्गिय,क्षेत्रीय,धार्मिक र राष्ट्रियताका आधारमा गरिने कुनै पनि किसिमका विभेद विरुद्ध सामाजिक आन्दोलनका रुपमा क्रियाशिल रहन,सामाजिक रुपान्तरण तथा न्यायपूर्ण समाजको निर्माणमा योगदान पुर्याउंन,समावेशी आवाजको प्रतिनिधित्व गदैं राज्यमा उपेक्षित वर्गको समान पहुचका लागि सम्वाहकको भूमिका निर्वाह गर्न,समाजमा रहेका विकृति,विसंगति,अन्धविश्वास र रुढिग्रष्त चिन्तनलाई विस्थापित गदैं वैज्ञानिक धारणालाई स्थापित गर्न ०६४ साल पौष २ गते रेडियोको स्थापना भएको थियो ।

जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियोमा समाचार,मनोरञ्जनात्मक कार्यक्रम,जागरण सम्वाद,महिला आवाज,जागरण क्लिनिकका कार्यक्रमहरु समेत्दैं १८ घण्टा प्रशारण हुंदैं आएको छ ।