राजनीतिक सहमतिमै निकास आउँछ: प्रचण्ड

608

राजनीतिक सहमतिमै निकास आउँछ: प्रचण्ड

भैरहवा, ८ पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमति मै निकास आउने बताउनु भएको छ । मुलुकको समृद्धिको लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै सहमति र सहकार्यकालागि आफू र आफ्नो पार्टी हरदम तयार रहेको बताउनु भयो ।

नेपाल जेसिजको ४४ औं राष्ट्रिय महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री दाहालले राष्ट्रपति कार्यालयमा अड्कीएको बिध्येक सहमतिमै अंगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । जारी नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताउँदै उहाँले प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएकाले अव आर्थिक समृद्धिको अग्नी परिक्षा सुरु भएको बताउनु भयो । मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलन सकिएको बताउँदै अवको आन्दोलन आर्थिक समृद्धिको भएकाले समृद्धिकालागि सबैले मिलेर काम गर्ने वेला भएको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहोराले पनि मुलुक अव आर्थिक समृद्धिको बाटोमा कोल्टे फेरेको बताउनु भयो । उहाँले जेसिसको मुल मन्त्र बिधिको शासन राजनीतिक दलहरुले अनुशरण गर्नुपर्ने बताउनु भयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले मुलुकमा संविधान जारी भएपछि स्थानीय तह, प्रदेश सभा र प्रतिनीधि सभाको निर्वाचन सम्पन्न भएसंगै संविधान कार्यान्वयनमा अंगाडी बढेको र संविधानको कार्यान्वयनसंगै मुलुकलाई समृद्धिको यात्रामा अंगाडी बढाउने दायित्व अब बन्ने सरकारको भएको बताउनु भयो ।

त्यस्तै खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले देशमा विधिको शासन हुन नसक्दा मुलुक भूमरीमा फसेको बताउँदै मुलुकलाई आर्थिक सम्मृद्धि तर्फ लैजान विधिको शासन आवश्यक रहेको बताउनु भयो । जेसिजको महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।