चितवन १० पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसंग पार्टी एकताको अन्तिम तयारी भइरहेको बताएका छन् । उनले वामपन्थी सरकारपनि बन्ने र वामपन्थी एकता पनि हुने दावी गरे ।
चितवनको बाँदरझुलामा सोमवार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले वापमन्थी एकता कसैले बिगारेर नबिग्रने बताएका हुन् ।
‘छिटो सरकार गठन गरेर वामपन्थी एकतालाई निश्कर्षमा पुराउने अन्तिम तयारी गरिरहेका छौ । पार्टी एकता हुन्छ, कसैले बिगारेर बिग्रदैन’ प्रचण्डले भने, ‘पार्टी एकताका लागि अगाडी बढिसकेका छौ, पछाडि फर्किने गुन्जायस छैन् ।’
।
अध्यक्ष प्रचण्डले यसअघि राष्ट्रिय सभा बहुमतीय आधारमा गर्ने भन्ने सहमति भएर संसदको समितिबाट विधेयक पारित भइसकेको अबस्थामा एकल संक्रमणिय आधारबाट राष्ट्रि«य सभा गठन गर्ने भनेर अड्को थापेको आरोप लगाए ।