अव लगातार लाईसेन्स वितरण हुने

582

अव लगातार लाईसेन्स वितरण हुने

बुटवल, २४ पुस । झण्डै १ वर्ष भन्दा लामो समय देखी रोकिएको मोटरसाइकिल लाइसेन्सको आवदेन छिट्टै खुल्ने भएको छ । आउँदो माघ ७ गतेदेखी अनलाईन मार्फत आवेदन दिने व्यवस्था मिलाईएको यातायात व्यवस्था कार्यालय बुटवलले जनाएको छ ।

अब लगातार रुपमा लाइसेन्स वितरण हुने बताइएको छ । जस अनुसार प्रत्येक हप्ताको आइतबार र सोमबार आवेदन भर्ने, आवेदन भरेको भोली पल्ट फोटो खिच्ने, पर्सिपल्ट लिखित परिक्षा हुने कार्यालयका सुचना अधिकृत कालीदास बस्यालले जानकारी दिनुभयो ।

आबेदन भरेको ५ दिन भित्रै लाइसेन्स प्राप्त गर्न सकिने र स्मार्ट लाइसेन्सको व्यवस्था गरिएको उहाँले बताउनुयभो