ठक्करदिने टिप्परमा आगजनी, दुई प्रहरी अधिकारी घाईते

1.3K

ठक्करदिने टिप्परमा आगजनी, दुई प्रहरी अधिकारी घाईते

बुटवल, ११ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा टिप्परको ठक्करबाट बृद्ध महिला ज्यान गएको छ ।

बिहिबार बिहान भैरहवा तर्फ जाँदै गरेको लु १ ख ९८३८ नम्बरको टिप्परले सिद्धार्थ राजमार्गमा पर्ने तिलोत्तमा नगरपालिका शंकरनगर जानकीनगरमा जेब्रा क्रस गर्दै गरेकी तिलोत्तमा ३ जानकीनगरकी ८९ वर्षीय विष्णु भट्टराईलाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट गम्भिर घाईते भएकी बद्ध महिलाको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

जेब्रा क्रसबाट बाटो काट्दै गरेकी बृद्ध महिलालाई टिप्परले ठक्कर दिएपछि सडक अवरुद्ध गर्नुका साथै आक्रासित स्थानीयले टिप्परमा आगजनी गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिने प्रहरीको प्रयासका क्रममा आक्रासित स्थानीयसंग प्रहरीको समेत डझप भएको थियो । झडपका क्रममा दुई जना प्रहरी अधिकारी घाईते भएका छन् । झडपका क्रममा वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक अमरबहादुर थापा र नगर प्रहरी कार्यालय योगीकुटीका प्रहरी सहायक निरिक्षक लिला विक घाईते भएका हुन् ।

बिहान करिव ९ बजेतिर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै आक्रासित स्थानीयले गरेको सडक अवरुद्धका कारण अवेर सम्म सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडक करिव दिउँसो करिव तीन बजेतिर सुचारु भएको थियो ।