६८ औं प्रजातन्त्र दिवसमा प्रभातफेरी

1.3K

६८ औं प्रजातन्त्र दिवसमा प्रभातफेरी

बुटवल, ७ फागुन ।  ६८ औं प्रजातन्त्र दिवसको अवसरमा सोमबार बुटवलमा प्रभातफेरी कार्यक्रम गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मुल समारोह समिति प्रदेश पाँचको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको संयोजनमा भएको प्रभातफेरी (प्रजातन्त्र दिवस ¥याली) मा प्रदेश पाँचका प्रदेश सकारकार मन्त्रालयहरु तथा सरकारी कार्यालय, सामाजिक संघसंस्था, राजनीतिक दलका नेता कार्यकर्ता, बिद्यालयका बिद्यार्थी सहभागि थिए ।

बुटवल उपमहानगरपालिकाको परिषरदेखि सुरु भएको ¥याली बुटवलका बिभिन्न स्थानको परिक्रमा पछि सडक डिभिजन कार्यालय परिषरमा पुगेर समापन भएको थियो ।

प्रजातन्त्र दिवसको ¥यालीको समापन कार्यक्रममा बोल्दै प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले जनताको बलिदानीको जगबाट प्रजातन्त्र स्थापना भएको र प्रजान्त्रका माध्यमबाट नेपालमा संविधान बनेको स्मरण गर्दै प्राप्त जनताका अधिकारलाई स्थापित गर्ने दिशामा मुलुक अंगाडी बढेको बताउनु भयो ।

उहाँले प्रदेश पाँचमा बिकास तथा समृद्धिकोलागि असिमित स्रोत साधन रहेको र त्यसको समुचित व्यबस्थापनकालागि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।