
बुटवल, १७ फागुन । होलीको समयमा हुन सक्ने सम्भावित दुर्घटना नियन्त्रणकालागि विशेष सुरक्षा व्यबस्था मिलाएको प्रहरीले जनाएको छ ।
होली सभ्य र शान्त रुपमा मनाउनकालागि आम नागरिकलाई प्रहरीले आग्रह गरेको छ । होलीको समयमा सुव्यबस्था मिलाउनकालागि रुपन्देही जिल्लामा साढे ६ सय जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव निरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होलीलाई मध्येनजर गरेर १८ टोली मोवाईल प्रहरी, ६३ पिकेट टोली र २६ स्थानमा चेकिङ्को व्यबस्था मिलाईएको उहाँले बताउनु भयो ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, माटरसाईकल चलाउँदा हेलमेटको प्रयोग नगर्ने, अरुलाई अवरोध हुने गतिबिधि गर्ने, होहल्ला गर्ने तथा कसैको ईच्छा विपरित रंग लगाउने तथा लोला हान्नेलाई प्रहरीले बिशेष निगरानी गर्ने र अवस्था अनुसारको कारवाही गरिने उहाँले जानकारी गराउनु भयो ।
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरु आपसमा रंग खेलेर मनाउने गर्दछन् ।
होली पर्वको एउटा इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर आपसमा लगाउने र रमाईलो गरिन्छ ।
होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर भुल्ने पर्वको रुपमा पनि लिईन्छ ।
होली पर्व घरपरिवार÷साथीभाई आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । यो वर्ष पहाडमा आज बिहिबार र तराईमा भोली शुक्रबार होली मनाईँदै छ ।