‘प्रदेश ५ का विद्यालयहरुमा बन्द हड्ताल निशेध गरिन्छ’ :  मन्त्री चौधरी  

1.3K

‘प्रदेश ५ का विद्यालयहरुमा बन्द हड्ताल निशेध गरिन्छ’ :  मन्त्री चौधरी  

बुटवल,फागुन । प्रदेश ५ का भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश कानुन निर्माण गरी प्रदेश नम्बर ५ का सम्पूर्ण विद्यालयहरु बन्द हड्ताल निषेधित विद्यालयको रुपमा घोषणा गरिने बताउनु भएको छ ।

अहिले पनि नेपालको कानुनमा विद्यालय शान्ति क्षेत्र घोषणा भएपनि विद्यालयमा बन्द हड्ताल हुने गरेको भन्दै मन्त्री चौधरीले प्रदेश सरकारले निश्चित कानुन नै निर्माण गरी विद्यालयमा बन्द हड्ताल लगायतका कार्य निषेध गर्ने बताउनु भएको हो ।

ईन्द्रेणी समाज केन्द्र नेपालकोे आयोजनामा सेभ द चिल्डे«न र सेतो गुराँसको आयोजानमा भएको प्रदेश स्तरीय नयाँ संरचनामा बाल संवेदनशिलता विषयक गोष्ठीको मंगलवार बुटवलमा सुभारम्भ गर्दै मन्त्री चौधरीले अहिले प्रदेश सरकार संक्रमण कालमा रहेको भन्दै विभिन्न कानुन निर्माण गरी बालवालिकाको क्षेत्रमा धेरै कार्य गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

अहिले बालवालिका, शिक्षा, महिला लगायतका विषयमा हेर्ने मन्त्रालय सामाजिक विकास मन्त्रालय गठन नभएको परिपेक्षमा मन्त्रालय गठन संगै अन्य कार्यहरु दु्रत रुपमा अगाडी बढ्ने समेत उहांले बताउनुभयो ।

प्रदेश नम्बर ५ का प्रवक्ता समेत रहनुभएका मन्त्री चौधरीले जसरी अपेक्षा गरिएको थियो सोही अनुरुप कार्य हुन नसकेको स्वीकार गर्दै विद्यालय उमेरका वालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नहुने समेत बताउनुभयो । यसको लागि प्रदेश सरकारले ठोस नीति तथा कार्यक्रम अगाडी ल्याउने र यसमा स्थानीय सरकारको समेत सहयोग हुने उहांको  भनाई छ ।

विकास दिर्घकालका लागि गर्नुपर्ने भन्दै मन्त्री चौधरीले दिगोविकास हुनेमा विश्वस्त हुनको लागि प्रदेशका जनतालाई आग्रह समेत गर्नुभयो । ५ नम्वर प्रदेशमा विकासको लागि धेरै संभावना रहेको भन्दै उहांले विकास गर्न अझै धेरै कार्य बाँकी रहेको र विस्तारै विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय संघीय शासनका विज्ञ बालानन्द शर्माले संघ (केन्द्र), प्रदेश र स्थानीय तहको तालमेलबाट नै बालबालिकाको क्षेत्र वा अन्य क्षेत्रको विकास हुने धारणा राख्नुभयो । उहांले सबैको तालमेल बिना विकास संभव नभएको औल्याउंदै अहिले स्थानीय तह देखि प्रदेश सरकार कानुन निर्माणको चरणमा रहेकाले तालमेल अनुसार आएको कानुनबाट हरेक क्षेत्रमा विकास हुने बताउनुभयो ।

कार्यक्रममा सेतो गुराँस वाल विकास केन्द्र बुटवलकी अध्यक्ष सुमित्रा शर्माले बुटवलमा ८ सय १२ जना बालबालिकाहरु विद्यालयको पहुँचबाट टाढा रहेको जानकारी गराउनुभयो । यस्तै ५ सय १० जना बालबालिकाहरु बाल श्रमको रुपमा रहेको तथ्यांक आफुहरु संग रहेको उहांले वताउनुभयो बाल श्रमिक मध्ये ३ सय ४५ जना बालबालिका शिक्षाबाट बाहिर रहेका छन् ।

कार्यक्रममा सेभद चिल्डे«न बुटवलका बरिष्ठ शिक्षा संयोजक ईश्वर खत्री, शिक्षा पत्रकार समूह लुम्बिनीका सचिव कृष्ण मल्ल, ईन्द्रेणी समाज केन्द्र नेपालका कार्यक्रम म्यानेजर रुद्र मर्साङ्गी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यशाला दुई दिन सम्म चल्ने छ । कार्यशालामा प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका कुल २५ संघ संस्थाको सहभागिता रहेको छ ।