बुटवल १३, चैत । पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले समान हैसियतमा मात्र पार्टी एकता हुने बताउनु भएको छ । रिपोर्टस क्लव नेपाल प्रदेश नम्बर पाँचले मङगलवार बुटबलमा गरेको साक्षात्कारमा रायमाझीले भन्नुभयो – ‘पार्टी एकता हुँदा समान हैसियतमा मात्र हुन्छ । सम्मानजनक र समान हैसियत नभए एकता हुँदैन ।’
बामगठबन्धन बनाउँदा चुनावी तालमेल हुँदैन भनेर हल्ला गरियो । कुनैपनि हालतमा बामगठबन्धनको सरकार बन्न सक्दैन भनियो तर सवै काम सम्पन्न हुदै आएको छ भने पार्टी एकतामा कुनै आशंका गर्न नपर्ने बताउनु भयो । निकट भविष्यमा पार्टी एकता गराएरै छाड्ने र सम्पुर्ण बामपन्थी शक्तिलाई एउटै कम्युनिष्ट पार्टी बन्ने बताउनु भयो ।
राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले ईयुले अर्कोको देशको विषयमा बोल्न जरुरी नरहेको बताउनु भयो । उहाँले ईयुले बोलेको गम्भीर विषय भएको बताउँदै अर्कोको देशलाई हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताउनु भयो ।
उहाँले बाम गठबन्धनलाई ठूलो अवसर आएकोले सुखी नेपाली र समृद्ध नेपाल बनाउने चुनौती रहेको बताउदै पाँच नम्वर प्रदेशको राजधानी बुटवल नै हुने बताउनु भयो । उहाँले प्रदेश सरकारले कानुनको अभावमा सोचेअनुसार कामले गति लिन नसकेको बताउनु भयो ।
कार्यक्रममा भारतका लागी पूर्व राजदुत तथा कांग्रेस नेता दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमण दुवै देशको हितमा हुनुपर्ने बताउदै भ्रमणलाई कुटनीतिक तरिकाले अगाडि बढाउनु पर्ने बताउनु भयो । प्रदेशको राजधानीको लागी नयाँ शहर बनाउनु पर्ने भन्दै कपिलबस्तु सवैको पाएक पर्ने ठाउँ भएकाले कपिलबस्तुमा आधुनिक शहर बनाई प्रदेशको राजधानी कपिलबस्तु बनाउन सुझाव दिनु भयो ।