रांगो पालेर लखपती

1.7K

रांगो पालेर लखपती

rago

लक्ष्मण राना

गुल्मी, मंसिर–। अहिले गाउँघरमा राँगो पाल्ने चलन हराउँदै गएको बेला सदरमुकाम तम्घासका एक कृषकले भने राँगो पालेर वार्षिक डढे लाख चोखो आम्दानी लिदै आएका छन् । रेसुङ्गा नगरपालिका–८, तम्घास भुजेलखर्कका गणेशबहादुर घर्तिले गत १९ वर्ष देखि राँगो पालेर वार्षिक डेढ लाख चोखो आम्दानी लिने गरेका हुन् ।
घर्ति भन्छन्–‘रेसुङ्गा नगरपालिका अन्तरगत साविकका चार गाविस तम्घास, अर्खले , दुविचौर सिमीचौरमा अरुले राँगो पालेका छैनन् । साविकका यि चार गाविसमा गत १९ वर्ष देखि भैसी प्रजनन्का लागि राँगो पुराउँदै आएको छु । त्यसको शुल्कबाट खर्च कटाएर वार्षिक डेढ लाख चोखो आम्दानी लिदै आएको छु । ’
एउटा भैसीमा राँगो लगाए वापत एक हजार लिने घर्तिले दिनमा ८ वटा सम्म भैसी कहाँ राँगो लैजाने गरेको बताए । पछिल्लो चरण उनले गुल्मी कै हुँगाबाट ५५ हजारमा मुर्रा जातको राँगो किनेर ल्याएका छन् । उनले एक गाविसमा एउटा राँगोले नपुग्ने भए पनि आफुलाई चार वटा गाविस र छिमेकी जिल्ला अर्घाखाँची सम्म भ्याई नभ्याई भएको बताए । प्रेम सुनार