बार्षिक रुपमा तरकारी खेतीबाटै चार दखि ६ लाख रुपैंयासम्म आम्दानी हुने गरेको उहाँले बताउनु हुन्छ । परिश्रम गरे माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण उहाँले पेश गर्नुभएको छ ।
तरकारी खेती मात्र होईन उहाँले बोईलर कुखुरा पालनलाई पनि संगसंगै गर्नुभएको छ । उहाँको कुखुरा फर्ममा अहिले एक पटकमा ३५ सय देखि चार हजार कुखुरा उत्पादन हुन्छ । कुखुरा पालनबाट पनि बार्षिक झण्डै सवा १७ लाख रुपैंया आम्दानी हुने गरेको छ ।
मनमा शाहस र शरिरमा जागर हुने हो भने पैसा कमाउन बिदेश जानै पर्ने या जागिर गर्नै पर्छ भन्ने छैन भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ । उहाँले प्रस्तुत गरेको उदाहरणबाट प्रभावित भएर अहिले पोखराथोक, पणेना, मैदान पाटौटी र खिदीम गाविसमा उनकै कृषिबाट प्रभाबित भएर युबाहरु समेत ब्यबसायिक तरकारी खेती र कुखुरापालनमा लागेका छन ।
नेपाली काग्रेसको राजनीतिमा सक्रिय युबा नेता गौतम पोखराथोक गाँउ समितिका सभापति पनि हुनुहुन्छ । उहाँले आफ्नो व्यबसायमा प्रत्यक्ष रुपमा ५ जनालाई रोजगारी दिनुभएको छ ।