लोक सेवा आयोगले माग्यो ५५१ शाखा अधिकृत, अनलाइनबाटै दरखास्त फारम भर्न सकिने

984

लोक सेवा आयोगले माग्यो ५५१ शाखा अधिकृत, अनलाइनबाटै दरखास्त फारम भर्न सकिने

logoमंसिर – लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला तथा समावेशी) अर्थात् शाखा अधिकृतको विभिन्न सेवाको लागि दरखास्त अह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै आयोगले खुला तथा समावेशी गरेर जम्मा ५ सय ५१ पदको लागि दरखास्त आह्वान गरेको हो।

आयोगले व्यवस्थापिका संसद, न्याय, परराष्‍ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आह्वान गरेको छ । खुला तर्फ ३ सय १० पदको लागि दरखास्त आह्वान गरेको छ भने महिलाको लागि ७९ वटा पदमा दरखास्त आह्वान गरेको आयोगले जनाएको छ ।

यसैगरी आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद छुट्याएको छ । जसमा आदिवासी/जनजातिको लागि ६४ पद, मधेसीको लागि ५५ पद, दलितको लागि २२, अपाङ्गको लागि १५ र पिछडिएको क्षेत्रको लागि ६ पद छुट्याएको छ।

आयोगले ४ किसिमले परीक्षा लिएर अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ । लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ ।

आयोगले आयोगको कार्यालयमा गइ घण्टौ लाइन बसेर दरखास्त दिनुपर्ने बाध्यता हटाएको छ । दरखास्त दिन चाहनेहरुले अनलाइनबाटै दरखास्त फारम भर्न सकिने आयोगले जनाएको छ । दरखास्त आगामी पुस १४ गतेसम्म दिन पाइने छ भने दोब्बर दस्तुर तिरे पुस २१ गतेसम्म पनि दिन सकिनेछ ।

दरखास्तको लागि आन्तिरक प्रतिस्पर्धी र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टाछुट्टै ४ सय रुपैयाँ लाग्ने आयोगले जनाएको छ ।

दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय/काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु तथा आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा पनि जम्मा गर्न सकिन्छ ।आयोगले आगामी चैत १६ गतेदेखि २३ गतेसम्म परीक्षा हुने जनाएको छ ।

http://www.psc.gov.np/uploads/201512091449638606.pdf