एभरेष्ट जिल्ला स्तरीय रनिङ्ग शिल्ड होराईजनले जित्यो

1.3K

एभरेष्ट जिल्ला स्तरीय रनिङ्ग शिल्ड होराईजनले जित्यो

everestबुटवल, मंसिर । छैठौं जिल्लास्तरीय अन्तरविद्यालय एभरेष्ट रनिङ शिल्ड वादविवाद प्रतियोगिताको उपाधि न्यू होराइजन उ.मा.वि.का छात्रा प्रिज्मा पोख्रेलले हात पारेकी छन् । बुटवल–१० सुख्खानगरमा रहेको एभरेष्ट उच्च माविको आयोजनामा भएको प्रतियोगितामा विजयी बन्दै प्रिज्माले नगद दश हजार सहित शिल्ड तथा प्रमाणपत्र हात पारेकी छन् । ‘‘देश विकासको सुनिश्चितताः वैदेशिक सहायता वा आत्मनिर्भरता’ विषयमा भएको प्रतियोगिताको उपविजेता बन्दै दीप बोडिङ्ग स्कुलकी श्रृजना पोखरेल ६ हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारेकी छन् । यस्तै प्रतियोगितामा भुजौली इ.बो. स्कुलकी सीमा ज्ञवाली तृतीय, दुर्गा शैक्षिक गृहकी शिक्षा काफ्ले चौथो, तथा माहात्मा बुद्ध मा.वि.की जमुना थापा क्षेत्री पाँचौ र मर्यादपुर मा.वि.का शिव कुमार यादवले छैठौं स्थान हासिल गर्न सफल भएको प्रतियोगिता संयोजक भिमसेन गौतमले जानकारी दिनुभयो । विद्यालयका प्राचार्य कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, सहायक जिल्ला शिक्षा अधिकारी मनोज गैरे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीे, प्याव्सन रुपन्देहीका उपाध्यक्ष लालहरि पाण्डे, भैरहवा बहुमुखी क्याम्पसका प्रा.डा. कपिल लामिछाने, भैरहवा बहुमुखी क्याम्पसका सह–प्रा.डा. शंकर नेपाल, लेखक तथा साहित्यकारद्वय झपेन्द्र जि.सि., राजेन्द्र आचार्य, सह–प्राचार्य माधव प्रसाद आचार्य लगायतले समय सापेक्ष विषयलाई प्राथमिकता दिई विद्यालय स्तरका विदयार्थीहरुबीच प्रतिस्पर्धा गराएकोमा विद्यालयलाई धन्यवाद दिदै देश विकासको सुनिश्चितताको लागि वैदेशिक सहायता र आत्मनिर्भरता दुवैको उत्तिकै भूमिका रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थीद्वय बिन्दु भण्डारी र आविष्कार पराजुलीले गरेका थिए ।