१८ जना उत्कृष्ट कृषकहरु पुरस्कृत

1.3K

१८ जना उत्कृष्ट कृषकहरु पुरस्कृत

forगुल्मी ५ माघ । जिल्ला कृषि विकास कार्यालय गुल्मीको आयोजनामा गुल्मीको रुरु गाविस स्थित रिडीमा आयोजना गरिएको कृषि मेला प्रर्दशनीमा ६ विधामा १८ जना उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको छ ।
कृषकले उत्पादन गरेका उत्कृष्ट कृषि उपजहरुको प्रत्यक्ष अवलोकन गरेर त्यसको बारेमा जानकारी लिने उद्देश्यले उक्त मेला आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषिविकास अधिकृत चेतनारायण पाण्डेले जानकारी दिनु भयो ।
कृषि प्रर्दशनीमा जिल्ला भित्रका २१ गाउँ विकास समिति अन्र्तगतका एक सय ८५ जना कृषकहरुले विभिन्न प्रकारका कृषि उपजहरु ल्याईएका थिए । मेलामा परम्परागत भन्दा केही फरक प्रकृतिका कृषि वस्तुहरु समावेस गरिएको थियो । प्रर्दशनीमा राखिएका छ विधाहरु मध्यमा तरकारी वाली तर्फ रुरु गाविसका कृषक रोशन भण्डारीको गोडभेंडा, नगदेवाली तर्फ दिगामका कृषक विनय कँडेलको कफी, खाद्यान्न तर्फ पानीटंकि वहुउद्देश्यीय कृषि समूहको मालेपाटन १ बोडिको विऊ, फलफुल तर्फ सुन्तला र विविधतर्फ थानपतिका कृषक प्रितम काउछाको भुँई स्याउ उत्कृट भएका छन् ।
तरकारी तथा फलफुल वालीहरुमा कन्ने च्याऊ, जुनार, भुँईकटर, वन तरुल, पिँडालु, सलगम, स्थानीय कालो काउली, ब्रोकाउलील, कफी लगायतका वालीहरु प्रर्दशनीमा समेटिएका थिए । कार्यक्रमा जिल्लाका भुपु सांसद एवं अगुवा कृषक कमलराज श्रेष्ठले विभिन्न विधामा उत्कृष्ठ कृषकहरुलाई पुरस्कार वितरण गर्दै कृषकहरुलाई अझ व्यवसायिक बन्न आग्रह गर्नु भएको थियो ।
रिडीमा संचालित माघि मेलाको अवशर पारेर जिल्ला कृषि विकास कार्यालय गुल्मीले हरेक वर्ष यस्तो कृषि मेला प्रर्दशनीको आयोजना गर्दै आईरहेको छ । पाँच दिनसम्म संचालित प्रदर्शनीमा एकलाख बढी मानिसहरुले उक्त कृषि प्रदर्शनी मेलाको प्रत्यक्ष अवलोकन गरेको जिलला कृषि विकास कार्यालयका प्राविधिक हरि आचार्यले जानकारी दिनुभयो । कृषि मेला प्रर्दशनीमा सहभागि वनेका २८ जना कृषकहरुलाई समेत सान्तवना पुस्कार प्रदान गरिएको थियो ।