कृषि मेलाको तयारी अन्तिम चरणमा

449

कृषि मेलाको तयारी अन्तिम चरणमा

krishi-mela-2072
बुटवल /बुटवलमा माघ २२ गतेदेखि लाग्ने कृषि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पुर्वाधार भन्ने मुल नाराका साथ बुटवल मण्डपमा लाग्ने मेला माघ २७ गते सम्म लाग्ने छ । मेला आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघ आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । कृषि क्षेत्रमा रहेको सम्भावनालाई उजागर गर्न तथा कृषि क्षेत्रको प्रतिस्प्रर्धात्मक क्षमता बढाउने उद्देश्यले आयोजना गरिएको मेलामा कृषि र कृषकसँग सम्वन्धित १ सय २५ स्टलहरु रहने उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिहले जानकारी दिनुभयो । उहाँले मेलामा निशुल्क माटो परिक्षण, उन्नत जातका विउ विजनको विक्रि वितरण, बोट विरुवाको स्वास्थ्य परिक्षण, बैकल्पीक उर्जा लगायतका स्टलहरु रहने जानकारी दिनुभयो । उहाँले गैर नाफामुलक मेलाका रुपमा बुटवलआयोजना गरिएको जानकारी गराउदै कृषकको लागि मेलाको आयोजना गरिएको मेला कृषक केन्द्रित नै रहने बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष शेरबहादुर केसि, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष खेमबहादुर हमाल, प्रचार प्रसार संयोजक विमलराज भट्राई लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन संघका महासचिव हरि अर्यालले गर्नु भएको थियो ।