बेलायत,माघ । नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतलले म्याग्दी घर भई कास्की बस्ने मगर चलचित्रकी नायिका योरुना पुनको हत्यामा सम्लग्नलाई कारवाहीको माग गरेको छ ।
केहि दिन अघि कलाकार पुनको बलात्कार पछि निर्ममता पूर्बक हत्या गरिएको थियो ।
घटनाको विरोधमा दोषिलाई कारवाहीको माग सहति महिला महास.घले प्धानमन्त्री कोपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बेलायत स्थित नेपाली राज दुताबासमा कार्यबाहक राज दुत तेज बाहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
महिला महासंघकी अध्यक्ष कमला थापा उपाध्यक्ष बिमला राई, महासचिब बिमला सेने , संस्थाका सल्लाहकार तथा नेपाली महिला समाज यु केकी उपाध्यक्ष शशी सुब्बा थापा, यु के मगर महिला संघकी अध्यक्ष हिमाली राना , दुरा महिला सेवा समाजकी अध्यक्ष गंगा दुरा एन आर एन यु केका उपाध्यक्ष शान्ती थापा कुवर , अनिता थापा , ईन्दिरा गलामी , किरात राई यायोख्का सल्लाहकार क्षेत्रकला राई,बि जि डब्लु एस रेडियोको संबाददाता गोमा राना , जमुना पुन, जनमुक्ति मञ्च बेलायतका केन्द्रिय सदस्य शोभा राना, हिमा थापा, लगायत महिला अधिकार कर्मीहरुको सहभागितामा ज्ञापन पत्र बुझाइएको हो ।
उक्त हत्याकाण्डले सम्पुर्ण नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत स्तब्ध भएको उल्लेख गर्दै निकृष्ट शैलीको हत्याको महिला महासंघ बेलायतले घोर बिरोध र भ्रतसना गरेको जापन पत्रमा उल्लेख छ ।
साथै यस घटनाले सम्पूर्ण महिलाहरु असुरक्षित महसुस गरेको भन्दै ज्ञापनपत्रमा हत्यारा जोसुकै भएपनि तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हत्यारालाई हदैसम्मको कारबाही गरी आम महिलाहरुको स्वतन्त्रता पुर्बक बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउन जोरदार माग समेत गरिएको छ । साथै म ृत आत्माको चिर शान्तिको कामना गर्द%E