रोटरी तिलोत्तमा रुपन्देहीमा आगामी वर्षको लागि बोर्ड फर्मेसन

1.3K

रोटरी तिलोत्तमा रुपन्देहीमा आगामी वर्षको लागि बोर्ड फर्मेसन

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा आगामी वर्षको लागि नयाँ बोर्ड फर्मेसन गरिएको छ । क्लवको शुक्रबार साँझ बसेको छैठौं बोर्ड बैठकमा इलेक्ट प्रेसिडेन्ट देवीलाल भट्टराईले आफ्नो कार्यकालको लागि बोर्ड फर्मेसन गर्नुभएको हो ।
उक्त बोर्डमा ईमिडियट पास्ट प्रेसिडेन्ट दीपक भट्टराई रहनुहुनेछ । त्यसैगरी प्रेसिडेन्ट इलेक्टमा दीपक बास्तोला, प्रेसिडेन्ट नोमिनीमा अर्जुन आचार्य, फस्ट भिपिमा निरञ्जन पोखरेल, सेकेन्ड भिपिमा शंकर पाण्डे, सेक्रेटरीमा किशोरकुमार बिक, ट्रेजररमा केशवबहादुर कुँवर, जोइन्ट सेक्रेटरीमा बालकृष्ण पाण्डे, जोइन्ट ट्रेजररमा भगवती अर्याललाई चयन गरिएको छ ।

त्यसैगरी एड्मिन कमिटी चियरमा लक्ष्मण विक, मेम्बरशिप चियरमा दुर्गा न्यौपाने, पब्लिक रिलेशन चियरमा दीपा भट्टराई, सर्भिस प्रोजेक्ट चियरमा भिम कुँवर, टिआरएफमा रामेश्वरप्रसाद सिंह, युथ कमिटी चियरमा कुलचन्द्र भट्टराई, फेलोशिप चियरमा एकप्रसाद गैरे, हेल्थ कमिटी चिरमा डा. सतिस रुपाखेती, सर्जेन्ट एट आम्समा पूर्वअध्यक्ष देवीराम पाण्डे र क्लव इडिटरमा पूर्व अध्यक्ष नविन श्रेष्ठ तथा प्रेसिडेन्ट कमिटी चियरमा पूर्वअध्यक्ष विष्णुप्रसाद चापागाईलाई चयन गरिएको छ । त्यसैगरी क्लवका बाँकी एक्टिभ सदस्यहरुलाई अरु उचित स्थान दिईने इलेक्ट प्रेसिडेन्ट देवीलाल भट्टराईले जानकारी गराउनु भयो ।
क्लवका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्लवले गरेका गतिबिधिहरुको समिक्षा सहित आगामी योजनामा छलफल गरिएको थियो । बैठकमा बोर्डका पदाधिकारी, कमिटी चियर तथा पूर्वअध्यक्षहरुको सहभागिता रहेको थियो ।