लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघ, रुपन्देहीको १९औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सोमबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष बाबुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदनमा संघले कृषि बजार व्यवस्थापनदेखि किसान-व्यवसायी-उपभोक्ता बीचको सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ ।
अध्यक्ष भुसालका अनुसार अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको फलफूल तथा तरकारी व्यवसायलाई एकताबद्ध र व्यवस्थित बनाउने उद्देश्यसहित वि.सं. २०६३ मा संघ स्थापना गरिएको हो । संघको पहलमा नेपाल सरकार, बुटवल उपमहानगरपालिका र संघको त्रिपक्षीय लगानी (३पी मोडल) अन्तर्गत बुटवल कृषि उपज थोक बजार केन्द्र निर्माण भई सञ्चालनमा आएको छ, जुन देशकै नमुना थोक बजारका रूपमा स्थापित भएको छ ।
प्रतिवेदनमा मेचीदेखि महाकालीसम्मका कृषि उपज संकलन र वितरण हुँदै आएको, यसले किसानको आम्दानी वृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय कृषि अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख छ । यद्यपि, प्रस्तावित नयाँ थोक बजार, निजी क्षेत्रको टेन्डर प्रक्रिया, अवैध आयात, बजार अनिश्चितता र व्यवसायीको सुरक्षाबारे चिन्ता व्यक्त गरिएको छ ।
संघले व्यवस्थित थोक बजार, चिस्यान भण्डारण, सरसफाइ, ट्राफिक र ढुवानी व्यवस्थापन, सरल कर प्रणाली, मूल्य स्थिरतामा सरकारको भूमिका तथा दीर्घकालीन आयात–निर्यात नीतिको माग गरेको छ । अध्यक्ष भुसालले कृषि बजार कुनै एक संस्था वा व्यक्तिको विषय नभई राष्ट्रिय सरोकारको विषय भएको भन्दै सबै सरोकारवालालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयाे ।

त्यस अवसरमा बाेल्ने वक्ताहरुले मुलुकमा संघीयता आए पनि संघीयताकाे मर्म अनुसार संघ सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन नगर्दा सानोतिनो समस्या समाधान गर्न पनि संघकै मुख ताक्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले मुलुकमा संघीयता आएको लामो समय हुँदा समेत संघीय सरकारले संघीयताकाे मर्म र भावना अनुसार अधिकार प्रत्यायोजन नगर्दा सानोतिनो समस्या समाधान गर्न पनि संघकै मुख ताक्नुपर्ने अवस्था रहेको गुनासो गर्नुभयाे ।
जबसम्म स्थानीय तह बलियो हुँदैन तबसम्म यस्ता समस्या आइरहने भन्दै नगर प्रमुख पाण्डेयले संघीय सरकारले स्थानीय सरकारलाई अधिकार दिनै नखाेज्ने र संघीय निजामती कर्मचारी पनि केन्द्रिकृत मानसिकता हावी हुँदा थप समस्या उत्पन्न भएको उहाँले बताउनु भयाे । कानुनमा टेकेर व्यवसायीका समस्या समाधान गर्न स्थानीय सरकार तयार रहेपनि कानुनी उल्झन हटाएर ब्यवसायीमैत्री वातावरण बनाउने बिषयमा संघ सरकार उदासीन देखिएको उहाँले बताउनु भयाे ।
नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघका अध्यक्ष भरत खतिवडाले तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसक्दा समस्या उत्पन्न हुने गरेकाे भन्दै सहअस्तित्वकाे संघीयताकाे मर्म अनुसारका अधिकार प्रत्यायोजन गर्ने कार्यमा आनाकानी गर्न नहुने बताउनु भयाे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्याल, नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका उपसभापति ज्याेति भण्डारी, नेकपा एमाले बुटवलका अध्यक्ष शाेभाकर पाण्डे, नेपाली कम्युनिस्ट पार्टीका नगर संयोजक महेन्द्र भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी बुटवलका अध्यक्ष राजन पाण्डेय, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, रूपन्देही ब्यापार संघका अध्यक्ष प्रकाश ढकाल, उपभोक्ता हित संरक्षण मञ्च बुटवल अध्यक्ष समुन्द्र जिसी, संघका संस्थापक अध्यक्ष घनश्याम भुसाल, पुर्व अध्यक्ष कलाधर पन्थी, राष्ट्रिय फलफूल तथा तरकारी ब्यवसायी संघ पाेखराका अध्यक्ष दुर्गा कंडेल, संघका व्यवसायिक सल्लाहकार कृष्णप्रसाद पाेखरेल, कृषि विज्ञ कलशराज चाैधरी, वरिष्ठ उपाध्यक्ष माेहमद याकुव, उपाध्यक्ष अमृत भट्टराई, महासचिव मेघनाथ पाैडेल, शाह कृषि फर्म बुटवलका सञ्चालक नुरूद्दिन शाह लगायतले व्यवसायीमैत्री वातावरण बनाउने कार्यमा तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वकाे भावनाअनुरूप अगाडि बढ्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।
अधिवेशनकाे अवसरमा रक्तदान तथा अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरेकाे संघले कार्यक्रममा १२ जना विद्यार्थीलाई न्यानो कपडा समेत बितरण गरेकाे छ ।