विवाहको खर्च कटाएर सामाजिक काम

विवाहको खर्च कटाएर सामाजिक काम

tandannबुटवल । बुटवलका एक व्यवसायीले तीन वटा संस्थालाई अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । ग्रिन सीटी हस्पिटल काण्ठमाडौंका अध्यक्ष लोकबहादुर टण्डनले सामाजिक सेवा अन्तर्गत शहिद स्मृती प्रावि नहरपुरलाई १ लाख ११ हजार १ सय ११, नेपाल पत्रकार महासंघको अक्षयकोष स्थापनाका लागि १५ हजार र अन्तराष्ट्रिय कृष्णभावना मृतसंघलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन ।

शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि टण्डन परिवारले सहयोग रकमको चेक हस्तान्तरण गरे । छोरा सुमन टण्डन र बुहारी आकृती भट्टराईको विवाहको खुशियालीमा सामाजिक सेवा गर्ने उदेश्यले संस्थागत रुपमा सहयोग गरेको पत्रकार सम्मेलनमा टण्डनले बताए ।

उनले हस्पिटलमा आबद्ध भएर आफुले निरन्तर रुपमा महिनामा २ जना विरामीलाई निशुल्क उपचार गर्ने गरेको बताउँदै रुपन्देहीका पत्रकारहरुलाई बर्षमा एक पटक निशुल्क रुपमा होलबडी चेकअप गर्ने प्रतिबद्धता समेत जनाए । यसअघि पनि अस्पतालको तर्फबाट विभिन्न विरामीहरुको निशुल्क उपचार गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

 

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •