कृष्ण बाबुको मन नै अन्तै भएसी ? हेर्नुहोस् भिडियो

342

कृष्ण बाबुको मन नै अन्तै भएसी ? हेर्नुहोस् भिडियो

नेपाली गीत संगीतको बजारमा थुप्रै नयाँ कलाकारको आगमनसंगै नयाँ नयाँ म्युजिक कम्पनी पनि उदाउने क्रम जारी छ । कतिपय निरन्तर अघी बढ्छन त कतिपय आफ्नो बाटो बिराउछन । केही गीत बजारमा लाएर हराउछन जसरी नयाँ कलाकारको पनि उस्तै छ । पछील्लो समय गीत संगीतको बजारमा SK Music ले आफुलाई अघी बढाउदै आएको छ । नेपाली लोक दोहोरी तथा आधुनिक गीत बजारमा प्रस्तुत गर्दै दर्शक र श्रोताको साथ र माया पाउदै निरन्तर अघी बध्ने म्युजिकका संचालक कृष्ण बाबु बताउछन ।
SK Music ले आफ्नो पछील्लो समय मन नै अन्तै बोलको आधुनिक गीत बजारमा ल्याएको छ । कबिता खनालको स्वर रहेको उक्त गीतको शब्द समर्पण कल्पनाले तयार गरेकी छिन । सौगात सायरले गीतमा संगीत भरेका छन । गीतमा माया पिरतिका भावलाई समाबेश गरिएको छ । आफुले माया गर्ने मायालुको मन अन्तै भएसी आफुले माया लाएसी के अर्थ भन्ने खालका शब्द गीतमा रहेको छ । बिसुद्ध माया पिरतिमा भोगेका घटना गीतले झल्काएको छ ।
अबिरम फिल्मस प्रालिले गीतको भिडियो निर्माण गरेको छ । बिष्णु भट्टराईको निर्देशन तथा सम्पादन रहेको उक्त गीतको भिडियोमा मोडल कृष्ण बाबु र ममताले अभिनय गरेका छन । उमेश घिमिरेको छायांकन रहेको भिडियो बुटवल आसपसका मनोरम क्षेत्रमा खिचिएको छ ।