राममणिमा बैकिंङ तालिम

1.3K

राममणिमा बैकिंङ तालिम

मणिग्राम, बैशाख । रुपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा बैकिंङ् तथा बीमा सम्बन्धि दुईदिने प्रशिक्षण सुरु भएको छ ।
रोट्रयाक्ट क्लव अफ रुपन्देहीसंको सहकार्यमा भएको तालिमको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष गोपाल भट्टराईले तालिम लिएर व्यबहारमा उतार्न आग्रह गर्नुभयो । अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले बजार माग र प्रतिपस्र्धालाई ध्यानमा राखी अब्बल विद्यार्थी उत्पादन गर्न हातेमालो गरिएको बताउनुभयो ।
क्लवका अध्यक्ष हरि पन्थको अध्यक्षतामा भएको कार्यक्रममा एनएमवी बैङ्कका पश्चिमाञ्चल क्षेत्रीय प्रबन्धक युवराज पाठकले प्रदान गर्ने तालिममा २६ जना बिद्यार्थी सहभागि रहेको कार्यक्रम संयोजक सुरेस भण्डारीले जानकारी दिनुभयो ।