स्टेज उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

1.4K

स्टेज उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

13180988_1320729944622623_466197935_nवुटवल,२५ बैशाख,
फर्साटिकर सिद्धार्थ इङलिस बोडिङ स्कुलको आयोजना र अनएयर मिडिया सेन्टरको संयोजनमा सात दिने स्टेज उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ ।बिद्यालयमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका १ सय २० जनालाइ प्रशिक्षण दिईएको थियो ।
तालिममा अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेतले संर्घर्ष गर्ने व्यक्ति कहिले पछि नर्पने भएकाले तालिममा सिकेका कुरा व्यवहारमा उर्तान सके तालिमको सार्थकता रहने वताएका थिए । विद्मार्थिलाई व्यवहारीक ज्ञान तथा वोल्ने कलाको विकास होस भन्ने उदेश्यले बिद्यालयमा तालिम संचालन गरेको र प्रत्येक वर्ष यस्ता तालिमहरु संचालन गर्दै जाने प्राचार्य राजु पौडेलले जानकारी दिए । वैशाख १७ गतेदेखि संचालन भएको कार्यक्रममा अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेत, नागरीक आवाज डटकमका प्रधान सम्पादक कपिल ज्ञवालि, वुद्घ टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मी,रेडियो रिपव्लिकका कार्यक्रम प्रमुख अनिल पहाडि,विकाश रासकोटि,राम भण्डारी,लगायतले तालिम दिएका थिए । कार्यक्रममा न्युज २४ टेलिभिजन तथा नागरिक आवाजका प्रधान  सम्पादक कपिल ज्ञवाली, कार्यक्रममा प्राचार्य राजु पौडेल,विद्यालयका प्रबन्ध निर्देशक रिसिराम बस्याल, लगायतले बोलेका थिए । सिर्जना बस्यालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिद्यालयका प्रबन्ध निर्देशक रिसिराम बस्यालको प्रमुख आतिथ्यथा,कृति पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको संचालन बिशाल कोइरालाले गरेका थिए ।