उद्योग दर्ता प्रक्रियामा नै समस्या

1.3K

उद्योग दर्ता प्रक्रियामा नै समस्या

Bucci

बुटवल, १२ भदौ । नेपालमा उद्योग व्यवसाय दर्ता प्रक्रियामा नै समस्या भएको व्यवसायीहरुले बताएका छन । स्वदेशमा नै उद्योग सञ्चालन गर्न बिभिन्न निकायमा धाउनु पर्नेप्रक्रियालेउद्योग सञ्चालन गर्ने मनस्थिति बनाउनेहरु नै हतोत्सासिहत हुने गरेको उनीहरुले बताएका छन ।

बुटवल उद्योग वाणिज्य संघको आयोजना र समुन्नती र दायित्व ससको सह आयोजनामा आज बुटवलमा भएको नेपालमा उद्योग व्यवसाय दर्ता एवं बिदेशी लगानी सम्वन्धि जटिलता एवं समाधान बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुलेस्वदेशीले उद्योग सञ्चालन गर्न नसकिरहेको अवस्थामा बैदेशिक लगानीका लागि वातावरण बन्नै नसकेको बताएका थिए ।

कार्यक्रमका सहभागि व्यवसायीहरुले स्वदेशी लगानीकर्ताका लागि एकद्धार प्रक्रियाबाट उद्योगकोसञ्चालन अनुमति दिनु पर्ने र बिदेशी लगानीका लागि अनलाइनबाटै नेपालमा लगानी प्रक्रियाका सम्वन्धमा जानकारी गराउन सकिने व्यवस्था गर्नु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहलेनेपालमा संबिधान बनेपछी लगानीको वातावरण बन्छ भन्ने भएपनि अझै राजनैतिक अस्थितरता कायम रहेकाले लगानीकर्ताहरु हतोत्साहित भएको बताउनु भयो । उहाले बैदेशिक लगानी भित्र्याउने र बैदेशिक रोजगारबाट नेपालमा भित्रिएको रकमलाई उद्योगमा लगानी गर्नेवातावरण बनाउन सरकार र राजनैतिक दलहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।

कार्यक्रममा बोल्दै पुर्व उद्योग सचिव कृष्ण ज्ञवालीले कतिपय स्पष्ट कानुनको अभाव र कतिपय भएका कानूनको कार्यान्वयनका अभावमा उद्योगिहरुले झण्झट भोगि रहेपनि नेपालमा औद्योगिक वातावरण सकारात्मक बन्दै गएको बताउनु भयो । उहाले बैदेशिक लगानीलाई सहज प्रक्रियामा भित्र्याउन बिभिन्न सस्थालेअर्थ मन्त्रालय, उद्योग मन्त्रालय र नेपाल राष्ट्र बैकमा छलफल गरी पहल गरीरहेको बताउनु भयो ।

कार्यक्रममा परियोजनाका बिज्ञ अनुपराज उप्रेतिले उद्योग दर्ता प्रक्रिया र बैदेशिक लगानी सहज बनाउन भइरहेका प्रयासका सम्वन्धमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सरेन्द्र श्रेष्ठ, पुर्वअध्यक्ष नवराज श्रेष्ठ, वरिष्ठ उपााध्यक्ष खिम बहादुर हमाल, बाणिज्य उपााध्यक्ष उज्ज्वल कसजु, महासचिव हरी प्रसाद अर्याल सदस्य बसन्त ढकाल, लोकनाथ पाण्डे, आनन्द वझा लगायतले बोल्नु भएको थियो ।