संविधान कार्यान्वयनमा कोही चुक्नु हुँदैन : रक्षामन्त्री खाँण

1.3K

संविधान कार्यान्वयनमा कोही चुक्नु हुँदैन : रक्षामन्त्री खाँण

buddha khad

नेपाली सेना संसारको सेनामा छैठौ स्थानमा
बुटवल, १६ भदौ । नेपाल सरकारका रक्षा मन्त्री बालकृष्ण खाँणले मुलुकका प्रमुख दलहरुको एकता र सहकार्यमा संविधान जारी भएकाले त्यसलाई कार्यान्वयन गर्न पनि सामुहिक दायित्व रहेको बताउनु भएको छ ।

उहाँले संविधान कार्यान्वयनको दायित्वबाट कोही पनि चुक्न नहुने उल्लेख गर्दै भन्नुभयो–‘मुलुकका प्रमुख दलहरु मिलेर संविधान जारी भएको हो । जारी संविधान कार्यान्वयन गर्ने पनि सामुहिक दायित्व हो ।’ जारी भएको संविधान गतिशिल र लचिलो पनि भएकाले कार्यान्वयनमा समस्या आयो भने संशोधन गर्न सकिने उल्लेख गर्दै त्यसकालागि सरकार हरदम तयार रहेको उल्लेख गर्नुभयो ।

बुटवलबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको नबौं वार्षिकोत्सव तथा तीज गीत प्रतियोगितालाई सम्बोधन गर्दै उहाँले मुलुकमा भएका ठूला ठूला राजनीतिक परिवर्तमा मिडियाले राम्रो भूमिका निर्वाह गरेको र संविधान कार्यान्वयनकालागि पनि मिडियाले सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री खाँणले रुपन्देहीको बिकासकालागि जिल्लाबाट प्रतिनीधित्व गर्ने साँसदहरुले सामुहिक प्रयास गरिरहेको बताउनु भयो । रुपन्देहीबाट निर्वाचित र समानुपातिक गरी १४ जना सांसद हुनुहुन्छ ।

उहाँले मुलुकको बिकासमा रुपन्देहीको बिकास आधारशिला हुने बताउँदै उहाँले रुपन्देहीको बिकासलाई मुलुककै मेरुदण्डका रुपमा लिएर जिल्लाको बिकासमा आफूहरु लागि परेको उल्लेख गर्नुभयो । फरक प्रशंगमा उहाँले मुलुकको शान्ति स्थापना र लोकतान्त्रिकरणकालागि नेपाली सेनाले अपूर्णनीय योगदान पु¥याएको उल्लेख गर्नुभयो । नेपाली सेनाले स्थापना कालदेखि नै राष्ट्रिय अखण्डताकालागि बलिदानी गरेको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि नेपाली सेनाको भुमिका उच्च स्तरको रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेना संसारको सेनामा छैठौ स्थानमा रहेको बताउँदै उहाँले त्यसले पनि नेपालको ईज्ज्यत र प्रतिष्ठा बढाएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदारले अत्यधिक लोडसेडिङ्, विज्ञापनमा बैज्ञानिक वितरण प्रणालीको अभाव लगायतका कारणले टेलिभिजन सञ्चालनमा समस्या भएको उल्लेख गर्दै मिडिया सञ्चालनकालागि सहज वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको थियो ।

उक्र कार्यक्रममा पत्रकार खिमानन्द भट्टराई, संगित क्षेत्रबाट सुरेस सेन्चुरी, साहित्यबाट बनमालि निराकार, बृद्धबृद्धालाई सम्मान तथा लामो समयसम्म टेलिभिजनमा प्राबिधिक काम गरेका सुवर्णमान शाक्यलाई एक लाख २५ हजार रुपैंया पुरस्कार प्रदान गरिएको थियो ।

बुद्धनगर जोड्ने पुल निमार्ण कार्यलाई तिब्रता दिन निर्देशन
रक्षामन्त्री बालकृष्ण खांणले बुटवलको देविनगर –हात्तिसुढ –बुद्धनगर जोड्ने पुल निमार्ण कार्यलाई तिब्रता दिन निर्देशन दिनु भएको छ ।
केही समय अघि सो स्थानमा रहेको झोलुङ पुल तिनाउ नदीले बगाएपछि बस्ती सम्पर्क विहिन भएको थियो ।

उक्त स्थानको आज स्थलगत अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै नेता खांणले सो स्थानमा निमार्णधिन पक्की पुल निमार्णको कामललाई तिव्रता दिन निर्देशन दिनु भएको हो । त्यसका लागि सबै खालको सहयोग आफुले गर्ने भन्दै नेता खांणले दिनरात काम गरेरै भएपनि जनताललाई छिटो भन्दा छिटो सेवा पुरयउन उहांको जोड रहेको थियो ।

उहांले स्थानियलाई अस्थायी रुपमा भएपनि आवतजावतका लागि वेलिबृजको निमार्णका लागि सक्दो पहल गर्ने बताउनु भयो । उहांले पुल निमार्णका लागि नेपाली सेनाले समेत सहयोग पु¥याउने बताउनु भयो । साउन ११ गते आएको वाढिले झेलुङगे पुल बगाउनुका साथै स्थानियका केहि घरहरु भत्काएको थियो । उहांले वाढि पिडितहरुलाई आवश्यक सहयोग गर्ने पनि वचन दिनु भयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएको नेता खंणले तिनाउ नदी जिल्ला वासीका लागि वरदान भएपनि यसको संरक्षण र तटबन्धको कामलाई भने विशेष ध्यान दिनु पर्ने बताउनु भयो । आफुले विगतका बर्षहरु देखिनै तिनाउ नदि तटबन्धका लागि वजेट विनियोजनमा ध्यान दिएको भन्दै जनताको तटबन्ध कार्यालय स्थापना पछि केहि राहात भएको बताउनु भयो ।

उहांले नदि तटबन्धका लागि भएको रकम समेत खर्च नगरेर बजेट फि«ज बनाउने काम गलत भएको भन्दै विशेष ध्यान दिन स्थानियललाई पनि आग्ह गर्नु भएको छ । नेपाली कांग्रेसको अगुवाईमै पुल निमार्ण भएको र अव निमार्णको कामलाई पनि कांग्रेसले जो दिनु पर्ने उहांको भनाई थियो ।

बुटवल १३ नेपाली कांग्रेंस वडा सभापती  चित्र वहादुर वर्माको अध्यक्षतामा भएको  पुर्व क्षेत्रिय सभापती हरि वहादुर आचार्य, नेता काजिमान श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा क्षेत्रीय सभापती हरि लम्शाल, नगर सचिव ज्योति भण्डारी , नेविसघ उपाध्यक्ष प्रकाश राना लगायत स्थानियले मन्त्री खांणललाई स्वागत गर्नु भएको थियो ।