फेवाले सुत्केरी पोषणभत्ता दिने

410

फेवाले सुत्केरी पोषणभत्ता दिने

sutkeri

बुटवल, २५ भदौ । फेवा बचत तथा ऋण सहकारी संस्था बुटवलले  महिला शेयर सदस्यलाई सुत्केरी पोषणभत्ता दिने निर्णय गरेको छ ।

आज बुटवलमा सम्पन्न भएको सहकारीको आठौं साधारणसभाले शेयर सदस्यको विमा, शेयर सदस्यको मृत्युमा आर्थिक सहयोग गर्ने पनि निर्णय गरेको छ । साधारण सभाले कोषाध्यक्ष अन्जुलताले प्रस्तुत गरेको १४ करोड, ८३ लाख ५ सय ५७ रुपैयांको अनुमानित बजेट पारित गरेको छ ।

त्यस्तैं अध्यक्ष मधुमाला तरामीमगरले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन,लेखा संयोजक बोलमाया गुरुङको लखा प्रतिवेदन पनि साधारण सभाले पारित गरेको छ । यसअघि सहकारीको आठौं साधारण सभामा बोल्दैं सहकारी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सहकारीको शुद्धिकरण जरुरी रहेको बताउंनुभयो ।

उहाँले सहकारीहरुले बचत संकलन र ऋण लगानीमा सिमित भएको भन्दै उत्पादनसँग जोडेर जीवन परिवर्तन गराउन शुद्धिकरण गर्नुपर्ने बताउनुभयो । सहकारीका अध्यक्ष मधुमाला तरामीमगरको अध्यक्षता, सचिव जीवलाल भट्टराई, पूर्व प्रवन्धक राजकुमार श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा  कानूङ बचत सहकारीका अध्यक्ष जंगबहादुर श्रीस,बचत संघका सचिव कृष्ण पाण्डे, सहकारीका उपाध्यक्ष प्रेम गुरुङ लगायतले बोल्नुभएको थियो ।