बुटवल, २६ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले तराईको दक्षिणी सिमा क्षेत्रका सर्वसाधारणहरुको मानवअधिकारको अवस्था अत्यन्तै जोखिममा रहेको तथ्य सार्वजनिक गरेको छ ।
डुवान कटान तथा भारतीय हस्तेक्षकारी व्यवहार तथा नेपाल सरकारको कमजोर उपस्थितीका कारण सिमा क्षेत्रका नेपालीहरुको अवस्था दर्दनाक रहेको ठहर आयोगको छ । आज बुटवलमा मानवअधिकार अयोग उपक्षेत्रीय कार्यालय बुटवलको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले राज्यको तत्काल ध्यानाकर्षण हुनु पर्ने बताउनु भयो ।
केही दिन देखि आयोगका सदस्य महोना अन्सारी तथा सदस्य शर्मा पौड्यालको टोलीले गरेको स्थलगत अनुसन्धानपछि यस्तो निष्कर्ष बुटवलमा सार्वजनिक गरिएको हो ।
कटान डुवान, मानव निर्मित वांध लगायतका कुराहरुबाट सिमावासी प्रताडित रहेको भन्दै र्पौड्यालले सो क्षेत्रमा आधारभुत विकास निमार्ण नहुदां शिक्षा स्वास्थ्य आर्थिक लगायतका विषयमा पनि उनीहरु पीडित रहेको बताउनु भयो । चितवनदेखि दाङ जिल्ला सम्मको सिमाक्षेत्रमा स्थलगत अनुसनधान गरेको टोलीले तयार पारेको रिर्पोट तत्काल सरकारललाई बुझाउने पनि उहांले बताउनु भयो ।
उहांका अनुसार नवलपरासीको नर्सही, कुडिया पकलिहवा रुपन्देहीको मर्चवार बुटवलको तिनाउ नदी किनारको केहि बस्ती, कपिलवस्तुको रंगपुर, बेदौली, पर्सिया, हदौना, समडी लगायत क्षेत्रहरु डुवान तथा मानव निर्मित संरचनाको प्रत्यक्ष मारमा परेका छन् । त्यसैगरि दाङ जिल्लाको गढुवा,गंगापुर कोईलावाश लगायतका क्षेत्रमा न्यूनतम आधारभुत आव्श्यकताको समेत अभाव तथा खानेपानीका लागि समेत भारतीय भुमिको प्रयोग गर्नु पर्ने अवस्था रहेको पौड्यालले बताउनु भयो ।
लुम्बिनी अञ्चलका अलवा चितवन समेत कार्यक्षेत्र रहेको बुटवल कार्यालयले संकलन गरिएका सम्पणु समाग्रिहरु समेत सरकारलाई रिपोर्ट बनाएर पेश गर्नुपर्ने कार्यालय प्रमुख बुद्धनारायण साहनी केवटले बताउनु भयो । आयोगका चन्द्रकान्त चापागाईको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर वहादुर केसी, प्रेस युनियन रुपन्देहीका सभापती बिक्रम खड्का, चादनी नेपालका अध्यक्ष भवानी प्रसाद पाण्डे, शान्ति समाजका अध्यक्ष लालहरि पाण्डे, ईन्सेक प्रतिनिधि रिमा विसी लगायतले बोल्नु भएको थियो ।