झण्डै दुई महिनापछि विद्यालय खुले

655

झण्डै दुई महिनापछि विद्यालय खुले

imagesकपिलवस्तु,असोज । जिल्लामा आन्दोलनरत दुई मधेसी मोर्चाले छलफल गरि प्रेस बिज्ञप्ती जारी गरे सगै कपिलवस्तुमा ५३ दिन देखी बन्द भएका बिधालय सञ्चालनमा आएका छन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मधेस मुक्ति संषर्घ समितीले संयुक्त प्रेस बिज्ञप्ती जारी गरी आईतबार देखी बिहान ६ देखी ११ बजे सम्म बिधालय सञ्चालन गर्न अपिल गरेको थियो । जारी मधेस आन्दोलनका कारण सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर लगायतका क्षेत्रमा बिधालय सञ्चालनमा नआउदाँ बिधार्थी फुर्सदिला बनेका थिए । बन्दका कारण जिल्लाका ४ सय २५ सामुदायिक बिधालय र १ सय ५० बढि संस्थागत बिधालयका २ लाख बढि बिधार्थी शिक्षाको अवसरबाट बंचित भएका थिए । यसै बर्ष आएको भुकम्प तथा आन्दोलनका क्रममा ५३ दिन बिधालय बन्द हुदाँ पाठयक्रम ६० दिन पछि धकेलिए पछि प्रबेशिका परिक्षामा सहभागी हुने कक्षा १० का बिधार्थी भने चिन्तित देखिन्छन । बिधालय शान्ति क्षेत्र भए पनि बन्दका कारण आफुहरुले पढन नपाएको उनीहरुले गुनासो गरे । प्रबेशिका परिक्षामा सामिल हुनु पर्ने भए पनि पढन नपाउदाँ आफुहरु समस्यामा परेको उनले बताए ।