मानव बेचविखन विरुद्ध सहकारीले चेतना जगाउनुपर्ने

651

मानव बेचविखन विरुद्ध सहकारीले चेतना जगाउनुपर्ने

cheli
देवदह, २७ भदौ । सहकारीले सामाजिक दायित्वलाई पुरा गर्नु पर्ने जिल्ला सहकारी संघ, रुपन्देहीका संचालक प्रकाश अर्यालले बताउनुभएको छ ।

उहांले सहकारीहरुले सामाजिक काम गर्दा शेयर सदस्य लगायत सिंगो समाजलाई फाईदा पुग्ने क्रियाकलाप गर्नुपर्ने उल्लेख गर्नुभयो । सदस्य अर्यालले मानव बेचविखन विरुद्धमा सहकारीहरुले सचेतना जगाउने विभिन्न कार्यक्रम गर्नु पर्नेमा समेत जोड दिनुभयो ।

मानव बेचविखन तथा ओसार पसार विरुद्धको १० औ राष्ट्रिय दिवसको अवसरमा चेली कृषि सहकारी संस्था देवदहले आयोजना गरेको सडक नाटक प्रदर्शन कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनुभएको हो । उहाले सहकारीका शेयर सदस्य मार्फत मानव वेचविखन तथा ओसार पसार सम्वन्धी सचेताना कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी ले देवदहको खैरेनी चोकमा मानव बेचविखन तथा ओसारपसार विरुद्ध सडक नाटक प्रदर्शन गरेको थियो ।

कार्यक्रममा सहकारीका अध्यक्ष सावित्रा वस्याल, केआई नेपालका चेली परियोजना संयोजक मोती खनाल, देवदह मेलमिलाप केन्द्रका देवु भट्टराई, नवप्रभात महिला सहकारीका निर्मला अधिकारी, उद्योग व्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठड्राई, देवदह व्यापार संघका महासचिव माधव ढकाल, कोलुवा कृषि सहकारीका चक्रपाणी न्यौपाने, संस्थाका कोषाध्यक्ष जमुना रेग्मी, व्यवस्थापक फुलमाया श्रीस, सचिव दिपा सुनार  लगायतले आ–आफना भनाई राखेका थिए ।

देवदहको मिलन चोक देखि खैरेनी सम्म विभिन्न पेले कार्ड सहित ¥याली प्रदर्शन गरिएको थियो ।