स्वास्थ्य क्षेत्रलाई व्यवस्थीत बनाउन समिति

1.3K

स्वास्थ्य क्षेत्रलाई व्यवस्थीत बनाउन समिति

doctor steskope

बुटवल, २ असोज । औषधी व्यवसाय र स्वास्थ्य क्षेत्रलाई व्यवस्थीत बनाउन रुपन्देहीमा जिल्ला स्तरिय समिति गठन भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख संयोजक रहने गरी १० सदस्यीय समिति गठन गरिएको हो । औषधी व्यवसाय र स्वास्थ्य सेवासंग सम्बन्धित क्षेत्रमा गरिने अनुगमनका क्रममा व्यवसायीलाई आतंकित पारिएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले समिति गठन गरेका हुन ।

नेपाल औषधी व्यवसायी संघ लुम्बिनी अञ्चल शाखाले आइतबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रजिअ ढकालले समिति घोषणा गरेका हुन । समितिमा जिल्ला प्रशासन, वाणिज्य कार्यक्रम, घरेलु तथा साना उद्योग कार्यलय, नेपाल औषधी व्यवसायी संघ लुम्बिनी अञ्चल शाखा, चिकित्सक संघ, स्वास्थ्यकर्मी संघ, लगायतका प्रतिनिधि सदस्य रहनेछन ।

समितिले स्वास्थ्य क्षेत्रलाई वयवस्थीत बनाउन समन्वयकारी भुमिका खेल्ने प्रजिअ ढकालले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले समितिले बिधिको शासन र कानुनको पालन गर्दै समस्या समाधानका लागी भुमिका खेल्ने बताए ।

उनले कतिपय निर्देशिका मापदण्ड अव्यवहारिक रहेको स्विकार गर्दै स्थानिय तहमा समाधान गर्न सकिने कुरा तत्काल समाधान गर्ने प्रतिवद्धता जनाए । प्रजिअ ढकालले बजार अनुगमन टोलीलाई व्यवस्थीत गरिने बताए । कार्यक्रममा बोल्दै व्यवसायीहरुले अनुगमनका नाममा व्यवसायीलाई आतंकित पारिएको गुनासो गरेका थिए । उनिहरुले कानुनी दायरा भन्दा बाहिर रहेकालाई नियन्त्रण गर्ने भन्दा बिधिसम्वत रुपमा चलेका व्यवसायीलाई दुख दिएको गुनासो पोखेका थिए ।

नेपाल औषधी व्यवसायी संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले कानुन कार्यन्वयनमा आफुहरु प्रतिबद्ध रहेको बताए । “हामी औषधी व्यवसायी कानुन मिच्न चाहादैनौ र मिच्दैनौ, हामी कानुन कार्यन्वयन गर्न संधै तयार छौ ,उनले भने, तर जसले पनि हामीलाई लखेट्ने काम बन्द गरिदिनुप¥यो ।”

संघका केन्द्रीय सचिव सुनिल श्रेष्ठले प्रहरीको हुल ल्याएर व्यवसायीलाई आतंकित पारिएको भन्दै अनुगमन समितिको आलोचना गरे । “पुलिसको हुल बोकेर अनुगमनमा आउन पर्दैन, गल्ती गरेको भए जंहा बोलाउनुहुन्छ त्यही आउन तयार छौं, उनले भने— दर्ता नभएकालाई कारबाही गर्न तिर लाग्नुस, हामी कानुनी दायरामा छौं, तर्साउनु पर्दैन ।” कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख टंक चापागाईले गुणस्तर कायम गर्ने कुरामा सम्झौता गर्न नसकिने बताए । उनले नियम विपरित चलेका पसललाई कारबाहीको दायरामा ल्याएरै छोड्ने बताए ।

वाणिज्य कार्यलयका प्रमुख बेदप्रकाश उपाध्यायले अनुगमन शैलिका  बारेमा आएका गुनासा समाधान गरिने जनाए । घरेलु तथा साना उद्योग कार्यलयका उद्योग अधिकृत युवराज पौडेलले निर्देशिका कार्यन्वयन गर्नु आफुहरुको जिम्मेवारी रहेको उल्लेख गरे ।

सो अवसरमा नेपाल औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष लोकहरी श्रेष्ठ, रामप्रसाद खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे,  केमसनका अध्यक्ष बिजय खनाल, दन्त स्वास्थ व्यवसायी एसोशियसनका अमृत भुसाल, मेलानका अध्यक्ष गुणनिधि खनाल, नेपाल चिकित्सक संघकी अध्यक्ष नन्दा गुरुड्ड लगायतले बोलनुभएको थियो ।

कार्यक्रम नेपाल औषधी व्यवसायी संघ लुम्बिनी अञ्चल शाखाका अध्यक्ष शिव ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष सुरज भट्टराईको धन्यवाद ज्ञापन र महासचिव लुकराज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।