काठमाडौं– रक्षामन्त्री बालकृष्ण खाँणले संविधानसभा मार्फत जनप्रतिनिधिले संविधान निर्माण गर्ने जनचाहनालाई मूर्त रुप दिन राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता, स्वतन्त्रता, राष्टिय एकतालाई अक्ष्युण राख्दै राष्ट्र र जनताको रक्षाका लागि बदिलानी दिने सेना लगायत अन्य सुरक्षा निकायको योगदानलाई सदैव उच्च कदर गरिनु पर्ने बताएका छन् ।
नेपालको न्यायीक क्षेत्र, प्रशासनिक निकाय र सेनालगायत सुरक्षा निकायको सहयोग र राजनीतिक दलहरुको संयुक्त प्रयासले मात्रै मुलुकमा दुई पटक संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधानसभा मार्फत संविधान बनाउने नेपाली जनताको चाहना पुरा भएकाले ती सबै निकायको भूमिकाको उच्च सम्मान गर्नुपर्ने मन्त्री खाँणको भनाई थियो ।
पत्रकारहरुसंग कुरा गर्दै कांग्रेस केन्द्रिय सदस्य समेत रहेका खाँणले पहिलो संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख ओनसरी घर्तीले गरेको लिखित सम्वोधनमा संविधानसभा गठन प्रक्रियासम्म आइपुग्न आफ्नो जिउ ज्यानको प्रवाह नगरी जनचाहनालाई पुरा गर्न राजनीतिक दललाई सहयोग गर्ने सेना लगायत सुरक्षा निकायको योगदानको कदर नगरिएको भन्दै असन्तुष्टि जनाए ।
‘शान्ति प्रक्रियालाई सफलतामा पु¥याउन सेनालगायत, न्यायपालिका, प्रशासन, सेना र निर्वाचन आयोगले संविधान निर्माणमा ठुलो भूमिका निर्वाह गरे,’ मन्त्री खाँणले पत्रकारहरुसंग भने, ‘तर, संविधान दिवसका अवसरमा प्रधानमन्त्री र सभामुखले सैनिक मञ्च टुडिखेलमा आयोजित कार्यक्रमको मञ्चमा प्रधान सेनापतिलाई बगलमा राख्नुभयो, आफ्नो मन्तव्यका क्रममा सेनाले पु¥याएको योगदानको भने नजरअन्दाज गर्नुभयो ।
’संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सबै नेपालीको उत्तिकै योगदान भएको बताउँदै खाँणले जारी संविधान कार्यान्वयन गर्न, संविधानले जनतामा स्थापित गरिदिएका अधिकारलाई अघि बढाउन, जनचाहना पुरा गर्न तथा नेपालको शान्ति र समृद्धिका लागि दलहरुबीच रहेका आपशी सदभाव र सहकार्यलाई निरन्तर अघि बढाउनु पर्ने बताए ।
संविधान जनप्रतिनिधिमार्फत बनाउनु पर्छ भन्ने मान्यताको विजारोपण गर्नुहुने जननेता विश्वेश्वरप्रसाद कोइरालाला स्मरण र सम्मान गर्दै सम्पूर्ण सहिद, संघर्षशील योद्धा, विभिन्न आन्दोलनमा सहभागि भएका हजारौ हजार अंगभंग भएका घाइते र घरपरिवार विहिन भएकाहरुलाई पनि सम्मान गर्नुपर्ने उनको भनाई थियो ।
२००७ सालदेखि प्रजातन्त्र प्राप्तीका लागि अहिलेसम्म भएका आन्दोलनमा साहदतप्राप्त गर्ने, अंगभंग हुने र घारवार विहिन हुनेहरुको सम्मान गर्दै आगामी दिनमा उनीहरुलाई संविधान दिवसका कार्यक्रममा उचित स्थान दिनुपर्ने मन्त्री खाँणले बताए । राष्टको अखण्डतालाई सदैव ध्यान दिएर परिवर्तनको पक्षमा रहि देशलाई बचाइराख्ने सेनालगायत सुरक्षा निकायको योगदानको सदैव सम्मान गर्नुपर्ने उनको भनाई छ ।